0 COMMENTS
11923050_734566323339753_72065228_n
कमलराज श्रेष्ठ

भनिन्छ, प्रकृतिको नियम नै यस्तै छ रे, जहाँ जसले जस्तो बिज रोप्छन,अन्तत फल पनि वीज अनुसार नै प्राप्त हुन्छ।सम्भवत यो नियम संसारका सबै खालका व्यवहारमा पनि लागू हुँदोरहेछ। यस देशका जनताले राणाहरुको विरुद्ध लडे, निर्दलिय पन्चायत विरुद्ध लडे अन्तत राजतन्त्र विरुद्ध पनि सफलता हात पारे सायद यहासम्म आईपुग्दा जनताले मात्र प्रजातन्त्र र स्वतन्त्रको लागि लडेको हुनुपर्छ र हो पनि।यति लामो लडाई लड्दा पनि नेपाली जनताले अखण्ड नेपालको एकतामा आँच आउन दिएनन,हिमाल, पहाड, तराई सिंगो नेपाल भएर उभिरहेको सत्य ईतिहास साक्षी छ।

जहासम्म संघियताको सवाल छ;सामर्थ्यको आधरमा संघियता बनाउनु सायद लाभदायक नै हुनसक्थ्यो कि यदी जात, पहिचान, प्रदेस,धर्मको आधारमा प्रदेसिकरण गर्ने गलत आवाज ननिस्किएको भए। तर यो राष्ट्रका शक्तिसाली भनिएका राजनितिक दल र नेतृत्वहरुको अदुरदर्शिता एवं निहित स्वार्थपरक गलत निर्णयका कारण आज झट्ट हेर्ने हो भने यो नेपाल, नेपाल रहेन।नेपाली जनताले जुन विश्वासले यिनिहरुमाथी बिश्वास गरिए; हामी नेपाली वसुधैव कुटुम्वकमको सिद्धान्तमा एउटै धागोको माला झैं अखण्ड मेलमिलापको साथ मिलि बसेका भाइ भाइमा फुट पैदा गराउने विषाक्त बिज यिनै दलहरुले रोपिदिए।आज त्यही विजाङ्कुरणमा कसैले मलजल गरि हामी नेपालिहरुबाट नै बीष वमन गराउने अस्वभाविक कार्य गराईरहेछ।
सामन्य नेपाली जनताले यो फुट,लुट, झुठ र वैमनस्यता पक्कै पनि चाहेका होइनन, जनताले गणतान्त्रीक लोकतन्त्रमा खोजेका चाहनाहरु यो विखण्डन,विध्वंस, हिंसा र अस्थिरता हुँदै होइनन। तसर्थ पनि अब जनताको तेश्रो नेत्र खुल्नुपर्छ, गौण गरि दोषी छुट्ट्याउन सक्नुपर्छ।देशमा अशान्ती, हिंसा, अस्थिरता र विनास चाहनेहरुलाई चिन्न सक्नुपर्छ।

यस्ता गलत नियतका योजनाकारहरु जो पनि हुन सक्छन।ती तत्वहरु हाम्रो नजरको क्षमताभन्दा टाढा हुनसक्छन तापनी तिनका गोटि या दलालहरु जनताको नजरमा नै जनतालाई वेवकुफ बनाउदै बगरेले खसी काटेर भाग लगाए झैं यो देशलाई टुक्राटुक्रा पार्दै तराजुमा तौलिरहेकाछन।हो हामी जनता यहिनेर चुकेका छौ, झुक्किएकाछौं।यस्तै चरित्र पात्रहरुले नै जनतालाई शासन गरिरहेकाछन, यिनिहरुले नै जात, धर्म, पहिचान र प्रदेशको नाममा जनता जुधाइरहेकाछन,फुटाइरहेकाछन।यिनिहरुनै दोषीलाई ढाकछोप गर्दै निर्दोष जनतामाथी गोलि ठोक्न सुरक्षाकर्मिलाई आदेश दिइरहेकाछन।

तर दुर्भाग्य हामी जनता यिनिहरुकै शब्द जालमा फसी गुट उपगुट बनाउदै अबोध बालक झैं यिनै बिभाजनकारहरुको हो मा हो मिलाउदै धर्म, जात, प्रदेश र पहिचानको नाममा हामी हाम्रै घर भत्काइरहेकाछौं, हाम्रै भाइ मारिरहेकाछौं।
तसर्थ पनि वर्तमानमा यो देशमा कौरवहरुको शासन चलिरहेकोछ।धृतराष्टहरु लोभ र सत्तामोहमा लिप्त भैरहेकाछन,भिष्मपिता, विदुर(बौद्धिक वर्ग)हरु बेइमान गरिराखेकाछन।शकुनिहरु विभिन्न जात र समुहहरुलाई गोटि बनाई कुटील चालकासाथ पासा फ्याँकिरहेकाछन।विचरा गोटि(जनता)जसले जता पल्टायो त्यतै पल्टिदै मातृभुमिलाई विध्वंस पार्दै आफ्नै घर भत्काउदैछौं। सकारात्मक सोचकासाथ रचनात्मक कार्य गर्न चाहने पाण्डवहरु वनवास, गुप्तवास बस्न बाध्य पारिएकाछन।यद्यपि अब पाण्डव(राष्ट्रवादी,देशभक्त)हरुको गुप्तवास,वनवासको समय पूरा भएकोछ।यो महाभारतको लडाइँमा बिद्रोह, विखण्डन, विनास(धर्म,जात,प्रदेस)जस्ता अतिवादभन्दा माथी उठेर अहिंसा, शान्ती,एकता र सम्बृद्धिको लागि देशलाई शान्ती, निकास र विकास दिन नयाशक्ती नेपालको प्रवासबाट स्वदेशमा उदय भैसकेको छ, अब केवल नेपाल र नेपालिको साथ आवश्यक छ।

भौगोलिक सीमाले टुक्रीन बाँकी नै भए पनि यो देशका भ्रष्ट नेतृत्व र बौद्धिक दलालिहरुको बेइमानको कारण आज नेपालिहरुलाई मानसिकरुपमा खण्डित बनाइ नेपाल एकीकरण हुनु पुर्वको अवस्थामा पुर्‍याइसकेकाछन।तसर्थ नेपाल र नेपाली रहिरहने हो भने सम्पुर्ण देशभक्तहरुको साथमा बौद्धिक इमान्दारिताकासाथ नयाशक्ती जन्माई पुन: नेपालि जनताको खण्डित मानसिकतालाई एकीकरण गरि देश बचाउन नयाशक्ती नेपालको साझा मन्चमा एकताबद्ध हुन वर्तमान नेपालमा प्रत्यक सचेत नेपालीको परम दायित्व हो। जय नयाशक्ती नेपाल!
कमलराज श्रेष्ठ
kamalraj293@gmail.com/fb
नेपाल संयोजक, नयाशक्ती नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।