0 COMMENTS

222548711761प्रकाश बस्याल २०,भदाै, नवलपरासी /लगातारको बन्दका कारण अभाव भएको रसायनिक मलको आपूर्ति आज बाट सहज भएको छ। बन्दका कारण जिल्लामा मल आपुर्ती गर्न कठीनाई भएको थीयो। आज जिल्ल प्रशाशन कार्यलय नवलपरासी र जिल्ला कृर्षि विकाश कार्यलयको पहलमा कृर्षि सामाग्री कम्पनि उपशाखा कावासोती मा नवलपुर क्षेत्रका लागी १४ सय ७० कुन्टल मल ल्याईएको कृर्षि सामाग्री कम्पनि उपशाखा कावासोती का प्रवन्धक रेवती रवण लम्साल ले जानाकारी दिनुभयो।उहाले रसायनिक मल गाउगाउमा मल बिक्री गर्न अनुमति पाएका सहकारीमा पठाईएको लम्सालले बताउनुभयो। नवलपुर क्षेत्रकालागी माग भएको २ हजार कुईन्टल मल मध्य १४ सय ७० कुईन्टल मल आज आयको बाकी मल भोली सम्ममा आई पुग्ने बताउनुभयो। धानको लागि चाहिने मल समयमा नपाएपछि यस बर्ष जिल्लाको धान उत्पादनमा कमि आउने भन्दै चिन्तित बनेका किसानहरुले मल आएपछि खुसी भएका छन्। लगातारको बन्दका कारण मल आपूर्ति नहुंदा जिल्लाका कृषकहरु मारमा परेका थीय । जिल्लामा कुल खेती योग्य जमिनमध्ये ४६ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा धान खेति हुंदै आएको छ । मुख्य गरी जिल्लाको दक्षिणी भाग र भित्री मधेशको नवलपुर क्षेत्रमा बढी धान खेती गरिन्छ । जसमा प्रति हेक्टर एक सय २० किलोको दरले पांच हजार पांच सय ८४ मेक्ट्रिक टन युरिया, ८० किलोको दरले तीन हजार सात सय २३ मेक्ट्रिक टन डिएपी र ६० किलोको दरले दुई हजार सात सय ९२ मेक्ट्रिक टन पोटास आवश्यक पर्ने वालीसंरक्षण अधिकृत निर्मल रेग्मीले बताए । नवलपरासीमा आवश्यक पर्ने मल कृषि सामाग्री कम्पनी लिमिटेड भैरहवा र वीरगञ्जबाट आपूर्ती हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।