0 COMMENTS

काठमाडौं : १८भाद्र- विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।

कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

दाङ घर भएका उनको उपचारकै क्रममा अमेरिकाको ल्योन्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा शुक्रबार मध्यान्ह निधन भएको हो ।

हालसम्मकै होचा जीवित मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डाँगीको जन्म वि.सं‍. १९९६ साल मंसिर १५ गते भएको थियो ।

उनलार्इ २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्वकै जीवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेन्टीमिटर भएको प्रमाणित गरेका थिए ।

गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भएअनुसार १२ किलोग्राम भएका उनी विश्वमा भेटिएकामध्ये सबैभन्दा होचा प्रमाणित भएका थिए ।

यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो । जसको उचाइ ५७ सेन्टिमिटर थियो। जीवित व्यक्तिमध्ये सबैभन्दा होचाको कीर्तिमान यसअघि फिलिपिन्सका जुन्रे वालाविङ को नाममा थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।