0 COMMENTS

कास्की, १८ भदौ । स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै अनसनमा बसेका डा गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै पोखरामा आज बिहान दबाब -याली निकालिएको छ ।

सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको समन्वय तथा पोखराका विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा दबाबमूलक -याली निकालिएको हो ।

डा केसीको जीवन रक्षाको माग गर्दै दबाव-याली निकलिएको आयोजकले जनाएको छ ।कास्कीका विभिन्न सामाजिक संस्थाहरु, नागरिक, पेशा कर्मी, व्यावसायी लगाएतका सभागिता रहेका थियो । पोखराको मानवअधिकार चोकवाट विपीचोक, महेन्द्रपुल हुँदै नयाँवजार ओमशान्ति नजिकै पुगेर एक्यवद्धता र्याली सम्पन्न भएको थियो ।

-यालीका सहभागीले माथेमा आयोग प्रतिवेदन कार्यान्वयन गर, स्वास्थ्य सेवा सर्वसुलभ गर, डा.गोविन्द केसीको जीवन रक्षा गर, मेडिकल शिक्षामा देखिएको भष्टाचार अन्त्य गरलगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

र्यालीमा मेडिकल एसोसियसनमा आबद्ध चिकित्सक, प्राध्यापक, , वकिल, व्यवसायी, नागरिक समाजका अगुवा, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

सभामा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका केन्द्रीय सदस्य आनन्दराज मुल्मी, डा पदम खड्का, सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीका अध्यक्ष पुण्यप्रसाद पौडेललगायतले डा केसीको अनसन व्यक्तिगत स्वार्थभन्दा आम नागरिकको विषयमा भएकाले ऐक्यबद्धता जनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।