काठमाडौँ, १८ भदौ । कृष्ण जन्माष्टमीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरमा लगाइएको निषेधाज्ञा हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले शनिबार र आइतबार निषेधित क्षेत्र लागू नहुने बताए । मधेसी मोर्चाका कार्यकर्ता तोडफोडमा उत्रिएपछि स्थानीय प्रशासनले निषाधाज्ञा जारी गरेको थियो ।
तर, मधेसी मोर्चाले आन्दोलन भने जारी राखेका छन् । मोर्चाका कार्यकर्ताले लाठी जुलुस निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस्