0 COMMENTS

काठमाडौ, १७ भदौ । चिकित्सकहरुको आन्दोलनका कारण आज पनि स्वास्थ्य संस्था ठप्प भएको छन् ।
चिकित्सकहरु आन्दोलनमा लागेपछि ओपीडी सेवा बन्द भएका छन् । उपचार प्रभावित हुँदा बिरामीलाई समस्या परेको छ ।
डा गोविन्द केसीले गुणस्तरीय चिकित्सा शिक्षा आमजनताको पहुँचमा हुनुपर्ने भन्दै अाठ बुदे माग गर्दै आमरण अनस्नु  भएपतछ त्यसकै समर्थनमा अरु चिकित्सक पनि आन्दोलनमा छन् ।
सरकारले माग पुरा गरेको दावी गरेपनि डा केसीले माग पुरा नगरेको भन्दै आमरण अनसन जारी रहने बताउनुभएको छ ।

डा. गाेबिन्द केसीकाे ८ बुदे माग

१. तत्काल मन्त्रीमण्डलबाट माथेमा प्रतीबेदन कार्यान्वयन गर्ने

निर्णय लिइयाेस ।प्रतीवेदनले बुझाएकाे संरचना अनुसार तत्काल चिकित्सा शिक्षा अयाेग गठन गरियाेस ।

२. त्रिवि लगायत देशका सबै बिश्वविध्यालय र प्रतीष्ठानहरूमा दलीय भागवण्डा नभइ वरीष्ठता र कार्य दक्षताका अधारमा पदाधीकारी नियुक्त गर्नकालागी तत्काल उच्च स्थरीय अयाेग गठन गरीयाेस ।दलीय बफादारीमा हालै गरीएका सीफारीस रद्दगरी यस पटकका लागी एडभाइजरी कमीटी बनार्इ साेकाे सुझाव अनुसार नियुक्त गरीयाेस ।

३. मेडीकल कलेज हरूमा सम्बन्धन र सिट निर्धारणका लागी अनुगमनका बेला देखाइएका

फर्जी फ्याकल्टि फर्जी बिरामी र नक्कली भाैतीक पूर्वाधार सम्बन्धी अाराेपमाथी तत्काल छानविन गरी देषी पाइएका मेडीकल कलेजलाइ

तत्काल कारवाही गरीयाेस ।

४.निरन्तर राज्यले गरेका सहमती बीपरीतका गतीवीधि र अनीयमीततामा संलग्न शिक्षा र स्वास्थ्यमन्त्रीका कदममाथी छानवीन गरी कारवाही अघी बडाइयाेस ।

५.विगतमा भएका अन्य सहमतिमा बुँदाहरू (चिकित्सा बिश्व बिध्यालय,केयूले दिएकाे सम्वन्धन स्थगन, निःशुल्क स्नातकाेत्तर र सरकारी मेडीकल कलेज खेल्ने) तत्काल कार्यान्वयन गरीयाेस ।केयू सिनेटमा प्राध्यापकहरूकाे अाधिकारिक प्रतिनिधित्व गरियाेस ।

६.नेपाल मेडिकल काउन्सिल, नेपाल हेल्थ रिसर्च काउन्सिल र संस्कृत विश्वविध्यालय अन्तर्गतकाे अयुर्वेद अध्यन संस्थानमा दलीय वफादारीका अधारमा नियुक्त पदाधिकारीहरू फिर्ता गरी तुरूत वरिष्ठता र कार्य दक्षताका अधारमा नयाँ पदाधिकारी नियुत्त गरीयाेस ।

७.जयराम गिरी प्रतीवेदनले देषी ठहर्याएका अाइअाेएमका पूर्व पदाधिकारीहरू र मेडीकल कलेज सम्वन्धन र सिट प्रकरणमा अनियमीततामा मुछीएकका त्रिवीका पुर्वउपकुलपति लगायतका पदाधिकारीहरू र केयूका पदाधिकारी माथी तत्काल छानविन र कारवाही गरीयाेस ।

८.झण्डै एक वर्षदेखी पठनपाठन पूर्ण अवरूध्द भएकाे जानकी मेडिकल कलेजका बिध्यार्थीहरूलाइ अविलम्व ब्यवस्थापन गरीयाेस

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।