0 COMMENTS

काठमाडौं, १५ भदौ- नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैंग्लोर उडान सुरु गरेको छ । निगमको एयरबस ए ३२०–२०० जहाजले ९० यात्रु बोकेर दिउँसो १२.४५ बजे बैंग्लोर उड्दैछ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १० वर्षपछि बैंगलोर सहरमा उडान सुरु गर्ने भएको हो। निगमले २००६ मा बन्द गरेको काठमाडौं–बैंगलोर रुटमा मंगलबारबाट फेरि उडान भर्ने भएको हो । जहाज अभावमा बन्द गरिएको उडान एयरबस आएसँगै सुरु गरिएको हो । निगमले बैंग्लोर सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

बैंग्लोरका लागि निगमले प्रवर्द्धनात्मक भाडादर करसहित १० हजार ९२ रुपैयाँ तोकेको छ । विदेशी यात्रुले भने यो शूल्कमा थप १ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्छ । बैंग्लोरबाट विदा मनाउन नेपाल आउने र नेपालबाट बैंग्लोर जाने यात्रुहरुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जनाएको छ । निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दै छ । निगमले बुधबार, शुक्रबार र सोमबार मुम्बई उडान गर्ने तयारी गरिरहेको छ । निगमले नयाँ जहाजबाट पहिलो उडान दिल्ली गरेको थियो ।

अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको संख्या ४ पुगेपछि निगमले बैंग्लोर, मुम्बई उडान सुरु गर्न लागेको हो । यससँगै निगमले कलकत्ता पनि नियमति उडान भर्ने तयारी गरिरहेको छ ।

निगमले भारतपछि दुबई र चीनको ग्वञ्जाओमा आगामी अक्टोबर महिना देखि उडान भर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।