0 COMMENTS

१ भाद्र खाेटाङ –लगाताAlaichi-रको झरीले बाढी आउँदा खोटाङको बाझेच्यानडाँडा गाविसमा मात्र २ करोडभन्दा बढीको अलैंची बगाएको छ। गत असार १९ गतेदेखि लगातारको झरीले क्षति पुर्‍याएको हो। स्राेत अनुसार  करिब सय मन अलैंची उत्पादन हुने बगानको सबैनै बगाएकाे छ ।

स्राेत  अनुसार बाझेच्यानडाँडा ९ का पदमबहादुर विष्टको चार रोपनीमा लगाएको अलैंची बगानमा खोला बगिरहेको छ। त्यस्तै स्थानीय ध्यानबहादुर राईको सात रोपनीमा लगाएको अलैंची बगान , निरबहादुर राईको तीन रोपनी जग्गामा लगाएको अलैंची बगान सबै बगाएको छ ।

त्यस्तै स्थानीय पृथीरोज राईको २१ रोपनी खेतमा पनि खोला बगिरहेको छ। स्थानीयका अनुसार २०२५ साल र २०५० मा पनि ठूलै बाढी आएको थियो। त्यतिखेर पनि टेम्केकै मुहानबाट बगेको खोलाहरूमा बाढी आएको थियो। बाढीले खेतीयोग्य जमिनसहित बाली बगाएपछि स्थानीयमा निराशा छाएको छ।

करोडौंको अलैंची र खेत बगाएपछि अनिकालको समस्या झेल्नुपर्ने अवस्था आइपरेको बाझेच्यानडाँडा ८ का हङराज राईले बताए। ‘कुनै कार्जे तथा चाडपर्व मान्नसमेत गाह्राे पर्ने भयो।’ राईले भने, ‘अन्न हुने ठाउँ र पैसा हुने अलैंची बाढीले बगायो अनि केले चाडपर्व र कार्जे गर्ने?’ यस बाहेक डाँडाखर्क बहुउद्देश्यीय कृषि स्रोत केन्द्रको नर्सरीमा भएको तीन लाख अलैंचीको बिरुवा पनि बाढीले बगाएको छ।

कृषि स्रोत केन्द्रकै तीन वटा माछा पोखरी पनि बगाएको छ। यसमा कमनकार्पको भुरा दुई लाख, खाइन माछा दुई सय केजी, ग्रासकार्प खाइन माछा १ सय ६० केजी बगाएको छ। यससँगै नहर, खानेपानीको पाइप, बाटोसमते बगाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।