३२ काठमाण्डाै,समाजकाे अावाज, प्रहरीले संघीय समाजवादी फोरमका महिला संगठनकी अध्यक्ष निर्मला यादव र केन्द्रीय सदस्य सुनिता राय लार्इ झोलामा ढुंगासहित पक्राउ गरेका छन उनीहरु उपेन्द्र यादव नेतृत्वको भएको खुलेको छ ।
संविधानसभाको तीन नम्बर गेट अगाडि उनीहरू लाइ प्रहरीले याेजना बनाइ रहेकाे देखेपछि । सादा पोशाकमा रहेका प्रहरीले उनीहरुको कुराकानी शंकास्पद लागेर बानेश्वर वृत्तबाट प्रहरी बोलाइ । झोला खानतलासी गर्दा त्यहाँ इँटाका टुक्रा र ढुंगा भेटियकाे थीयाे ।सिरहा सुखीपुर-३ की राय र सिरहाकै निर्मला शान्तिनगरमा बस्दै आएकी थिर्इन ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यात्रु बनेर सवारी साधनमा चढ्ने र तोडफोड गर्ने उद्देश्यले ढुंगा बोकेर हिँड्ने गरेको पाइएको छ ।
आइतबारको बन्दमा बुद्धनगरमा यसरी नै ट्याम्पोमा तोडफोड भएको थियो । यात्रु बनेर चढेकाहरुले नै आफ्नो ट्याम्पोमा तोडफोड गरेको चालकले बताएका थिए । तर, तोडफोड गर्नेहरु प्रहरी आउनु अघि नै भागेका थिए ।
पक्राउ परेका दुबै महिला नेतृलाई तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।
बन्दकर्ताले झोलामा ढुंगा बोकेर हिँड्ने गरेको थाहा पाएपछि प्रहरीले चाबहिल लगायतका स्थानमा शंकास्पद व्यक्तिहरुको झोला खानतलासी शुरू गरेको थियो ।