0 COMMENTS

३१ साउन, काठमाडौं । नेपाली कांग्रेस कैलालीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै पार्टी सभासद अमरेशकुमार सिंहलाई पार्टीबाट निष्कासन गर्न माग गरेको छ ।

amresh-kumarसाउन २८ गते टिकापुरमा आयोजित आमसभामा सभासद अमरेशकुमार सिंहले हतियार उठाउने र  मधेसलाई नेपालबाट टुक्राउने अभिव्यक्ति दिएको कैलाली कांग्रेसले बताएको छ ।

कांग्रेस कैलालीले आइतबार विज्ञप्ति जारी गरी सिंहमाथि राष्ट्रविरोधी अभिव्यक्ति दिएको आरोप लगाएको हाे ।
‘सुदूरपश्चिमका जनताको भावना बिपरित सामाजिक सद्भाव र राष्ट्रियता तथा राष्ट्रिय अखण्डता कमजोर पार्ने खालका अभिव्यक्ति दिने सभासद अमरेशकुमार सिंहलाई तत्काल सभासद पदबाट बर्खास्त गर्न तथा कांग्रेसको विधान एवं नियमावली २०६८ बमोजिम अनुशासन एवं आचार संहिताको उल्लंघन गरेको ठहर गरी साधारण सदस्यबाट समेत हटाउने कांग्रेस केन्द्रीय कार्य समिति समक्ष जोडदार माग गर्दछौ’ कांग्रेस कैलालीका पार्टी सचिव प्रकाश बहादुर बमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीयके छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।