0 COMMENTS

काठमाडौं, २९ साउन । प्रमुख चार राजनीतिक दलका शिर्ष नेताहरुले नयाँ संविधानबाट धर्मनिरपेक्षता हटाउने निर्णय गरेका छन् । धर्म निरपेक्षता हटाएपछि हिन्दुराष्ट नवनाउने पक्षमा भने उनीहरु अभिएका छन् । राज्यको आफ्नो मुल धर्म कानुन हुने भन्दै शिर्ष नेताहरुले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता राख्ने निर्णय गरेका छन् ।
हिन्दू राज्य कायम गरिनुपर्ने माग गर्दै शुक्रवार काठमाडौंमा वृहत प्रदर्शनविहीबार बसेको मुख्य चार दलका नेताहरुको बैठकले १५ भदौमा संविधान जारि गर्न संविधानमा रहेका केही विवादित बिषयहरु हल गर्ने निर्णय गरेका छन् । मुख्य विवादकारुपमा रहेको सीमांकनसहितको संघियतामा सहमति जुटाएपछि दलहरु अर्काे विवादलित बिषय धर्मनिरपेक्षताका बिषयम छलफल केन्द्रीत गरेका छन् । उनीहरुले अन्तरिम संविधानमा त्रृटिबस धर्मनिरपेक्षता परेको र त्यसलाई नयाँ संविधानमा सच्याउने निर्णय गरेका छन् ।
नेताहरुले धार्मिक स्वतन्त्रतामा पनि विरोध आए धर्मका नाउँमा कुनैपनि कुरा उल्लेख नगर्ने तर बहुधर्मका रुपमा देशलाई परिभाषित गर्ने निर्णय गरेका छन् । उनीहरुले एक धर्मलाई बोक्दा अन्य धर्मप्रति अन्याय हुने तर्क पनि निकालेका छन् ।
त्यसैगरी दलहरुले थ्रेस होल्डको पनि ब्यवस्था गर्न सहमत भएका छन् । निश्चित थ्रेस होल्डको ब्यवस्था गर्ने सहमति भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।