हेटौंडा, साउन २८ । बुधबार प्रहरीले एक महिलालाई ६ किलो चरेससहित पकडेको छ । उक्तल महिलालाई हेटौंडाको बसपार्कबाट मकवानपुर प्रहरीले झोला जाँच गर्ने क्रममा ६ किलो चरेशसहित फेला पारेको हो ।
एक एक किलोका दरले ६ वटा प्याकेटमा तयार पारी उनी रक्सौल जाने तर्खरमा थिईन् । प्रहरीले हेटौडा ११ की ४९ वर्षीया कान्छिमाया भन्ने सुन्तली माया लोप्चनलाई पक्राउ गरेको हो । उनको आर्थिक अवस्था निकै कमजोर रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । पछिल्लो समय मकवानपुर प्रहरीले लागु औषध गाजाँ, चरेश भारततर्फ लैजानेहरुमागि निगरानी बढाएको छ । गाँजा र चरेश ओसारपसारमा अहिलेसम्म भरियामात्र पक्राउ परेका छन्
प्रतिक्रिया दिनुहोस्