0 COMMENTS

 

नेपाल वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि  बिप्लप माओवादीद्वारा भ्रष्टाचार गरेको अराेपमा कालोमोसो लगाउनुकासाथै इटा प्रहार गरि घार्इते तुलाएका छन् ।

6145_Bharat-Raj-Subediभ्रष्टाचार गर्दै सेवाग्राही जनतालाई सँधै दुःख दिने र किर्ते नागरिकता लिएर आफ्नो जागिर लम्व्याउन खोजेको अभियोगमा जनकारवाही गरिएको चन्द माओवादीका एक नेताले बताए ।
सवेदीको मुखमा चोट लागेको र शरीरमापनी चेट लागेको सुवेदी उपचाररत जनमैत्री अस्पतालले जानकारी दिएको छ । सुवेदीलाई आकस्मिक कक्षमा राखेर उपचार गराइरहेको छ भने स्वास्थ्य समान्य रहेको अस्पतालले जनाएको छ । सुवेदीसँगै गाडीमा रहेका सहयोगी सानु महर्जनको टाउकोमा चोट लागेको छ ।
सुवेदीलाई कालो मोसो दलेर जुत्ताको माला लगाउन खोज्दा गाडीसमेत तोडफोड भएको बालाजु प्रहरीले जनाएको छ । सुवेदीमाथि आक्रमण गरेर भागेका माओवादी कार्यकर्तालाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि कोही समातिएका छैनन् । मोटरसाइकलमा आएका व्यक्तिले आक्रमण गरी भागेको बालाजु प्रहरीले जनाएको छ । उनीहरुले गाडीमा रहेका सुवेदीलाई ईंटाले हानेर भागेको प्रहरीको भनाइ छ ।आक्रमणपछि बिप्लप माओवादीका कार्यकर्ताले पर्चा छाडेर भागेको प्रहरीले बताए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।