0 COMMENTS

4party_20150531041457 प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदारले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् । विभिन्न क्षेत्रबाट आएका प्रतिक्रिया र सुझावलाई समेटेर अघि बढ्ने प्रतिवद्धता शीर्ष नेताहरुले व्यक्त गरेका हुन्।
शीर्ष नेताहरुले निकै लामो बहस र विवादपछि संविधान मस्यौदा निर्णायक चरणमा पुगेको उल्लेख गर्दै संविधान निर्माण प्रक्रियामा सघाउन सबै पक्षसँग अपिल गरेका छन्। उनीहरु केही त्रुटी वा कमजोरी भए अझै पनि सच्चाउन सकिने ठाउँ रहेको स्पष्ट पारेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा संक्षीप्त पत्रकार सम्मेलन गरेर प्रदेशको सिमांकनलाई जनताको भावना र सुझावअनुसार अझै परिमार्जन गर्न सकिने स्पष्ट पार्दै नेताहरुले यी विषयलाई उचालेर आन्दोलन नगर्न अनुरोध गरेका छन् ।prachanda

अहिले अखण्ड मध्यपश्चिम, अखण्ड कर्णाली, अखण्ड सल्यान, रुकुम जिल्ला र अखण्ड थरुहट प्रदेशको माग गर्दै नागरिकहरुले आमहड्तालको आह्वान गरि आन्दोलन चर्काएका छन् । आन्दोलनका क्रममा आगजनी देखी लिएर गोलि प्रहारको घटना समेत भएको छ ।

स्वायत्त कर्णाली प्रदेशको माग गर्दै भइरहेको प्रदर्शनका क्रममा जुम्लामा प्रहरीको गोली लागेर निर्माण व्यवसायी संघ जुम्लाका अध्यक्ष राजबहादुर महत घाइते भएका छन् । प्रदर्शनका क्रममा सोमबार दिउँसो २ बजेतिर महतमाथि गोली लागेको हो । उनको पाखुरामा गोली लागेको छ । गोली प्रहारबाट अन्य केही व्यक्तिहरु पनि घाइते भएको जनाइएको छ ।

सोमबार जुम्ला मात्र बन्द गरिएकोमा मंगलबार हुम्ला, मुगु, कालिकोट र डोल्पामा पनि बन्दको आह्वान गरिएको छ । जुम्लामा प्रदर्शनकारीले सोमबारदेखि विमानस्थल समेत बन्द गराएका छन् ।

यस्तै प्रमुख दलहरुले संघीय प्रदेशहरुको सीमांकन गर्दा जाजरकोटलाई सुदूरपश्चिममा राखिएको भन्दै जिल्ला बन्द गरिएको छ । अखण्ड मध्यपश्चिमको माग गर्दै आह्वान गरिएको जाजरकोट बन्दको पूर्वसन्ध्यामा निकालिएको मसाल जुलुस निकालिएको थियो । अखन्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने मागसहित जाजरकोटबासीले आन्दोलन सुरु गरेका हुन् ।

चरणवद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत मंगलबार जिल्ला बन्द गरिएको हो ।नागरिक संगठनहरुको आयोजना र राजनीतिक दलहलहरुको ऐक्यबद्धताले आन्दोलन चर्कन थालेको छ ।

कैलाली–कञ्चनपुर लगायत कर्णालीपारीका जिल्लाहरु गाभेर ६ नम्बर प्रदेशको सिमांकन गरिदा थारुहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले मंगलबार समेत धनगढीमा बिरोध जुलुस पद्रर्दशन गरेका छन् ।

धनगढीको क्याम्पस चोकबाट विरोध जुलुस चौराहा चोकमा पुगी कोणमा परिणत भएको थियो । उक्त कोण सभामा नेकपा माओवादीका नेप बहादुर चौधरीले उत्पिडत , शोषित र पछाडी परेका बर्गको अधिकार र पहिचानका मुद्धालाई नयाँ संविधानले स्थापित गर्न नसके बिद्रोह गरिने बताए ।

प्रदेशको सिमांकनमा सुदुरपश्चिम र मध्यपश्चिमलाई जोडेर ठुलो प्रदेश बनाएको भन्दै मंगलवार पनि डोल्पा बन्द गराईको छ । संविधानसभाले संविधान निर्माणका क्रममा ६ वटा प्रदेश घोषणा गरे पछि नागरिक समाज लगायतका संघसंस्थाहरुको अगुवाईमा विभिन्न जिल्लामा आन्दोलन भैरहेको छ ।

आन्दोलनका क्रममा डोल्पाको सदरमुकाम दुनै बजार विहान साढे १२ बजेबाट ३ बजेसम्म पसलहरु बन्द गरिएका थिए । बन्द गर्न नागरिक समाज डोल्पाका अध्यक्षको अगुवाईमा जुलुस गरिएको थियो । छैटौं नम्बर प्रदेशमा परेको डोल्पाका सर्वसाधारणहरुले प्रदेशको सदरमुकाम सुर्खेत हुनु पर्ने माग राखेर आन्दोलनमा उत्रेका हुन् । आन्दोलनकारीहरुले भनेका छन् कर्णाली अञ्चलको मात्र प्रदेश हुनुपर्छ भन्ने पक्षमा डोल्पा छैन ।

मंगलबार पनि सुर्खेतमा प्रदर्शन भएको छ । मंगलगढीमा सयौं सर्वसाधारण प्रदर्शन गरिरहेका छन् । उनीहरुले सोमबार भएको प्रदशर्नमा गोली गलाउने तथा आदेश दिनेलाई कारबाही गर्नु पर्ने माग गरेका छन् । मध्यपश्चिमलाई टुक्रयाएर सुदूरपश्चिममा गाभेको विरोधमा सुर्खेतको आन्दोलन थालिएको थियो ।

सल्यानमा प्रदेश बिभाजनमा असन्तुष्टि जनाउदै आन्दोलनमा उत्रेका सर्बसाधारण, दल, ब्यापारी, उद्योगीले मंगलबार जिल्ला बन्द गर्नुका साथै सरकारलाई दबाब दिन सिट्टी जुलुस प्रदर्शन गरेका छन ।

पुरानो बसपार्कबाट नाराबाजी सहित निस्केको जुलुस ठन्डीसडक / साहुटोला /बयलडाडा हुदै पुन बसपार्कमा फर्केर कोण सभामा परिनत भएको थियो । प्रदर्शनकारीले टायर बालेर समेत बिरोध जनाएका थिए । सल्यानलाई राप्तीबाट नटुक्रयाई प्रदेश नं. ५ मा राख्न माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।