0 COMMENTS

२६ साउन, सुर्खेत । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा गरिएको प्रदर्शनमा प्रहरीको गोली गाेलीप्रहार गाेली लागेर तीन जनाको मृत्यु भएको छ भने प्रहरी र प्रदर्शनकारी गरी दुबैतर्फ दर्जनै  घाइते भएका छन् ।

_Surkhetधमला चोकमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका टिकाराम गौतमको  मृत्यु भएको छ प्रहरीले हानेको गोली उनको टाउकोमै लागेको र लगत्तै अस्पताल लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको बताइएको छ भने  पत्रकार आईसीं रोकायसमेत घाइते भएका छन् । समाचार संकलन गर्न गएका रोकायको खुट्टामा गोली लागेको छ उनी बुलबुले एफएममा कार्यरत छन् ।  त्यसैगरी अर्का एक जनाको पनि गोली लागेर मृत्यु भएको छ । उनको शवको पहिचान हुन सकेको छैन । सदरुमकामको इत्राम धमला चोकमा रहेको पूर्व गृहमन्त्री तथा कांग्रेस नेता पूर्णबहादुर खड्काको घरै अगाडि एक बृद्ध व्यक्तिको शव पल्टिराखेको अवस्थामा रहेको प्रत्यक्षदर्शीले जनाएका छन् । 

अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा नागरिकहरुले गरेको आन्दोलनमाथि सरकारले व्यापक दमन गरेको छ । सो क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको बताइएको छ । साथै अन्य ९ जना गम्भीर घाइते भएका छन् ।

आक्रोशित आन्दोलनकारीहरुले सुर्खेतमा बिभिन्न सरकारी कार्यालयमा आगजनी समेत गरेका छन् । सो क्रममा विरेन्द्रनगर नगरपालिकाको कार्यालय, जिल्ला विकास समितिको कार्यालय लगायतका कार्यालयमा आगजनी गरिएका थीए । आन्दोलनकारीले सुरुमा झुप्रा बृहत खानेपानी आयोजनाको कार्यालयमा तोडफोड गरेको र त्यसपछि क्रमशः अन्य सरकारी कार्यालयहरुमा तोडफोड भएको थियो । साथै आक्रोशित भिडले राजनैतिक दलका कार्यालयहरुमा समेत तोडफोड गरेका छन् ।

त्यसैगरी आन्दोलनकारीहरुले प्रहरीको गाडी समेत जलाएका छन् भने नेता पूर्णबहादुर खड्काको घरमा तोडफोड र आगजनी गर्नुका साथै उनको घरवरपर रहेका गाडीहरुमा समेत तोडफोड गरेका थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।