0 COMMENTS

काठमाडाैं- प्रदेश सीमांकनका लागि चार दलका शीर्ष नेताबीच मध्यरात सहमति पत्रमा हस्ताक्षर भएको छ। सिंहदरबारमा जारी दिनभरको बैठकपछि सुल्झन नसकेका केही विवादलाई थाँति राख्दै सहमतिमा हस्ताक्षार भएको हो। दलहरुबीच सहमतिमा हस्ताक्षर भएपछि मध्यरातमै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा प्रतिबेदन पेस भएको छ। बैठक भने अाज ११ बजेसम्मका लागि स्थगित गरिएकाे छ।  सहमति पत्रमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले हस्ताक्षर गरेपनि पार्टीको तर्फबाट भने फरक मत राखेका छन्।

4party_20150531041457सहमति पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री कोइरालाले जनआन्दोलनको उपलब्धि संस्थागत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै ढिलै भएपनि सीमाङ्कनसहितको मस्यौदा आएको छ, यो उपलब्धिलाई हामी सबैले गौरव ठान्नुपर्ने बताए। उनले भने, ‘विभिन्न आस्था र विचार बोके पनि हामी एकताबद्ध भएका छैं, सबैको विचार संविधानमा अङ्कित भएको छ।’ प्रधानमन्त्री कोइरालाले शान्ति र स्थायित्व अहिलेको आवश्यकता भएको उल्लेख गर्दै आजको सहमतिले मुलुक आधुनिक युगमा प्रवेश गरेको हुँदा आठ-दश वर्षमै मुलुक समृद्ध हुने बताए।संविधानसभा, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले शक्ति सन्तुलनको साझा दस्तावेजका रुपमा संविधान रहने भएकाले यसको  रहेको बताए। सहमती पत्र पढनु हाेस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।