0 COMMENTS

कमल खम्बू -काठमाडौं– मुलुककै अत्यन्त महँगो अस्पताल ग्रान्डी इन्टरनेसनल अस्पतालले नयाँ सन्तान उत्पादन गरेर विदेशीलाई बेच्ने धन्दामा लागेको पाइएको छ ।
मोटो रकमको चलखेलमा काठमाडौं धापासीमा अवस्थित अस्पतालले विदेशीका धनाढ्य पुरुषको वीर्यलाई महिलाको पाठेघरमा राखेर अवैध सन्तानको जन्मदिने र सन्तान फेरि सोही पुरुषलाई नै फिर्ता दिने गरेको खुलासा भएको हो ।

grandi-1024x681यो कार्यलाई भाडाकी आमा वा ‘सरोगेट मदर’ भन्ने गरिन्छ । विश्वका अधिकांश मुलुकमा प्रतिबन्ध लागेको भाडाका आमा अर्थात् सरोगेसी सेवाका लागि पछिल्लो समय नेपाल एउटा गन्तब्य बन्न थालेको छ । तर, सेरोगेसी सेवाले नेपालमा हालसम्म कुनै कानुनी मान्यता नपाएकाले नेपालको हकमा भने यो पूर्णतया अवैध भएको र यससम्बन्धमा नेपाल सरकारले कुनै नियम कानुन नबनाएको जानकारहरू बताउँछन् ।

जसलाई इन भिट्रो फर्टिलाइजर (आइभिएफ) प्रविधिमार्फत गर्भाधान गरिने बताइए पनि ग्रान्डी सूत्रले भने धनाढ्य पुरुषको चाहनाबमोजिम नै उनको वीर्य नेपाली वा विदेशी महिलाको पाठेघरमा राख्ने गरेको तथ्य फेला परेको छ । वास्तवमा विवाह गरे पनि श्रीमतीले सन्तान जन्माउन नचाहने धनाढ्य विदेशीहरू यस्तो कार्यमा संलग्न भएको पाइएको छ ।

वास्तवमा यो सेवा भारत र थाइल्यान्डमा दिइए पनि यसले समाजमा विकृति ल्याएकाले हाल ती देशमा प्रतिबन्ध लगाइएको छ । मार्च २०१४ देखि थाइल्यान्डमा र भारतमा समेत फेब्रुअरी २०१५ देखि व्यवसायिक सेरोगीमा प्रतिबन्ध लगाइएको हो । ती देशमा प्रतिबन्ध लागेपछि सरोगेसीका अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई रोजेको हुन् ।

ती गिरोहले नेपाल सरकारसम्म पहुँच राखेर यससम्बन्धी नियम कानुन बनाउने तयारी भइरहे पनि तत्काल सामाजिक विकृति बढ्ने र चारैतिर विरोध हुने डरले तत्काल काम अघि बढ्न सकेको थिएन । यसको बाबजुद पनि गत २ पुस ०७१ मा मन्त्रिपरिषद्ले भने नेपालमा सरोगेट सेवाको बारेमा नियम कानुन बनाउनेसम्म निर्णय गरेको थियो ।
सरोगेसीसम्बन्धी कानुन नबने पनि ग्रान्डी अस्पतालले भने राजनीतिक पहुँचको भरमा उक्त धन्दा सुरु गर्दै आएको खुलासा भएको छ । राज्यको उपल्लो राजनेताहरूको निःशुल्क उपचार गर्दै आइरहेको ग्रान्डीले उनीहरूमार्फत नै नेपालमा सेरोगेसीसम्बन्धी कानुनको तयारी भएको समाचार स्रोत बताउँछ ।

नेपालमा भाडाकी आमाका लागि एक व्यक्तिले ग्रान्डी अस्पताललाई ४० लाखदेखि ५० लाखसम्म दिनुपर्ने हुन्छ । जसमा अस्पतालले नै भाडाको कोखदेखि बच्चा जन्मनेसम्मको खर्च बेहोर्दै आएको छ ।

अस्पतालले नेपाली भाडाको आमाको मूल्यमा केही महँगो लिने गरेको छ भने भारतलगायत देशका भाडाको आमालाई भने अस्पतालले जम्मा ३ लाख २० हजार भारतीय रूपैयाँ दिने गरेको सूत्र बताउँछ । नेपाली आमाका लागि पुरुषहरूले पनि महँगो खर्र्च गर्न तयार हुन्छन् ।
ग्रान्डीले महिलाको पाठेघरमा वीर्य राखेकै दिनदेखि सन्तान नजन्मेसम्म ती महिलालाई अस्पतालले नै हेरचाह गर्ने गरेको छ । यसका लागि ग्रान्डीले अस्पताल वरिपरिका १५ वटा घरहरू भाडा लिने गरेको छ । सन्तानको जन्म भएपछि केही दिनसम्म ग्रान्डीमै उपचार गरेर फेरि उक्त बच्चा विदेशीले नै लिएर जाने गरेका छन् ।

गरिबीको गलत उपयोग गर्दै विदेशीले यसरी फाइदा लिँदै नेपालीलाई बच्चा पाउने मेसिनका रूपमा उपयोग गरिएको पाइन्छ । यसरी नेपाली महिलालाई सन्तान उत्पादन गर्ने मेसिनको रूपमा उपयोग गर्नु अवैध हो भने यससम्बन्धी कानुन नै नबनेको हकमा यो कार्य नै अवैध ठान्छन्, अधिवक्ता गिरीराज राई । उनका अनुसार यो एक मानव ट्राफिकिङ हो । आमा नेपाली र नेपालमै जन्मेपछि प्रथमतः उसको अधिकार नेपालमा नै रहन्छ । त्यसैले बच्चा फेरि विदेशीले लैजानु नमिल्ने उनको ठहर छ ।
अस्पतालका प्रबन्धक राजेन्द्र पोखरेलले प्रभावसँग ग्रान्डीले यस्तो कार्य गर्दै नगरेकाले यससम्बन्धी आफूलाई केही थाहा नभएको बताए । तर, यसबारे विभिन्न सञ्चारमाध्यममा तथ्य प्रमाणसहित सार्वजनीक भइसक्दा पनि अस्पतालले भने अझै ढाँट्दै अवैध धन्दामा लुट मच्चाइरहेको छ ।

एक भाडाकी आमाको भनाइ
यहाँ ल्याइसकेपछि १ वर्षसम्म राख्छ ।  मलाई जम्मा ३ लाख २० हजार भारु दिन्छ । मासिक १० हजारका दरले दिन्छ तर यो पैसा पछि पाउने रकममा कटाउँछ । मलाई मेसिनबाट बनाएको वीर्य भनिएको छ, तर वास्तविकता थाहा छैन । प्राकृतिक रूपमा बच्चा जन्मियो भने ३ लाख ५० हजार दिन्छ । अन्यथा लागेको अपरेसनको खर्च पनि काटेर दिन्छन । यसो गर्दा २ लाख २० हजारसम्म बच्छ । तर, जसले बच्चा लान्छ उसले ५० देखि १ लाखसम्म पनि दिन्छ । कसैले सुनको चेन पनि दिन्छ । बच्चा प्रायःजसो साउदी लाने गरेको सुन्छु । तर थाहा छैन । अहिले यहाँ, एउटा घरमा १५ परिवार जति गरी करिब अढाई सय जति गर्भावती छौँ होला । यो कामको मुख्य कार्यालय दिल्लीमा छ । यहाँ कोठा सबै अस्पतालले नै दिन्छ । एक महिलाका लागि एक कोठा पाइन्छ । बच्चालाई जन्मनसाथ सिसामा राख्छ । बच्चा जन्मेको डेढ दुई महिनासम्म राखेर स्वास्थ्य भए पछि मात्र लान्छ ।साभार प्रभाब  राष्टिय दैनीक 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।