0 COMMENTS

एनेकपा माओवादीले काँग्रेस र एमालेसँग सहमति गर्ने सबै अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । स्थायी समिति सहित शुक्रवार बसेको पार्टी हाईकमाण्ड बैठकमा अध्यक्ष प्रचण्डले सहमति गर्ने अधिकार मागे वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश सहितको बैठकले प्रचण्डलाई अधिकार दिएको हो ।

आठ प्रदेशमा काँग्रेस एमालेको कुनै तयारी नदेखिएकोले ६ प्रदेशमै भएपनि सहमति गर्नुपर्ने एमाओवादीको निष्कर्ष छ । ‘ संघीयता हाम्रो मुद्दा हो, यसमा अरुलाई चिन्ता छैन, सीमाङ्न नगरी उधारोमा आठ प्रदेशमा जानु भन्दा अहिले ६ प्रदेशमा जानु राम्रो हुने हाम्रो निष्कर्ष छ ।’ बैठकपछि एमाओवादीका सचिव गिरिराजमणि पोखरेलले भने । तर संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीका विषयमा एमाओवादीले कुनै सम्झौता नहुने स्पष्ट पारेको छ ।

जनताबाट निर्वाचित कार्यकारीमा काँग्रेसले जानै नमानेको प्रष्टिकरण एमाओवादीको नेतृत्वले आफ्ना नेताहरुलाई दिएको छ । बैठकमा एमाओवादीका अध्यक्ष प्रचण्डले संविधान बनाउँदा पार्टीका एजेण्डा सम्बोधन नहुने, तर नबनाउँदा मुलुक अर्को खतरनाक दिशामा जाने अवस्था आएको बताएका थिए । तर प्रचण्डले संविधान बनाए पनि मुद्दामा आत्मसमर्पण नगर्ने बताए । वरिष्ठ नेता भट्टराईले मुलुकलाई अर्को दिशातिर जान नदिन पनि अहिले संविधान बनाउनुपर्ने र पछि नयाँ कोर्समा जान सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।