0 COMMENTS

संविधानको प्रारम्भिक मस्यौदाको बिरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा त्यस विरुद्ध आन्दोलन चर्काउन मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहित अन्य साना दलसँग कार्यगत एकताको प्रयास थालेको छ ।

mohan-baidhyaमधेसी नेताहरुले सोमबार वैद्य सहित ८ वटा दलका नेताहरुसँग मस्यौदाको बिरुद्धमा गरिने आन्दोलनमा कार्यकगत एकताको प्रस्ताव गरेको छ । सदभावना पार्टीका महसचिव मनिष सुमनले मधेसी मोर्चामा आवद्ध ४ र आज उपस्थित ८ दलबीच मस्यौदा खारेजीको आन्दोलनका लागि कार्यगत एकता गर्ने सहमति भएको बताए ।

‘१२ दलबीच साझा कार्यक्रम बनाएर आन्दोलनमा जाने सहमति बनेको छ,’ सुमनले भने(‘भोलि बैद्यजीको पार्टी कार्यालयमा बस्ने बैठकले संयुक्त कार्यक्रम र भावी आन्दोलनको घोषणा गर्ने छ ।’ मस्यौदा खारेजीको एक सुत्रीय एजेन्डा लिएर आन्दोलनमा जाने निष्कर्षमा १२ दलबीच सहमति भएको सुमनले बताए । मंगलबार अपरान्ह ४ बजे १२ दलको अर्को बैठक बोलाइएको छ ।

संघीय समाजवादी फोरम नेपालको बालकुमारीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा मधेसी मोर्चाका तराई मधेस लोकतान्त्रिक पार्टी,सदभावना र तराई मधेस सदभावना पार्टीका नेताहरु सहित नेकपा(माओवादीका अध्यक्ष बैद्य, नेता देव गुरुङ सहभागी थिए ।

त्यसबाहेक नेकपा(एकीकृत) का नेता परि थापा, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरी, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेल, सामाजिक लोतान्त्रिक पार्टीका कुमार राई, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।