0 COMMENTS

बुटवल, २० साउन । उद्योग मन्त्री महेश बस्नेतले भूकम्पले नेपालको उद्योग क्षेत्रमा करिब रु १७ अर्ब बराबरको क्षति भएको बताउनुभएको छ ।

Captureउहाँले भूकम्पबाट भएको क्षतिको प्रारम्भिक प्रतिवेदनअनुसार हालसम्म उक्त प्रतिवेदन आएको बताउँदै क्षति भएका उद्योगमा सरकाले सहुलियत दिनेसमेत बताउनुभयो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले ५८ वटा मझौला तथा ११३ वटा उद्योगमा प्रत्यक्ष भूकम्पको असर पुगेको बताउनुभयो ।

मन्त्री बस्नेतले उद्योगीलाई बैंकबाट सहुलियत ऋण दिने व्यवस्था गरिने र त्यसबाहेक उद्योगलाई चाहिने मेसिन औजारमा पनि भन्सार छुट र सहुलियत हुने बताउनुभयो ।

उहाँले सहमतिमै नामाङ्कन र सीमाङ्कनसहितको संविधान भदौको पहिलो सातासम्ममा जारी हुने बताउनुभयो ।

यता भैरहवामा स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) उद्घाटनपश्चात् सञ्चालनमा आउन नसक्नुमा सेज निर्देशिकामा भाडादर महँगो भएकाले उद्योग आउन नचाहेको बताउनुभयो । उहाँले मन्त्रालयले भाडादरमा परिवर्तनसँगै विशेष आर्थिक क्षेत्र(सेज) ऐन जारी गरी यसलाई सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभयो ।

उहाँले भाडा र अलगै विद्युत् फिडरको समेत समस्याले गर्दा अहिले केही समस्या भए पनि अब मन्त्रालयबाटै भाडादर मिलानको पहल भएकाले अब छिट्टै नै सेज सञ्चालनमा आउने बताउनुभयो ।

यसैगरी मोतिपुरमा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको जग्गा भाडाको प्रक्रियाबाट औद्यागिक क्षेत्रले लिने काम हुन लागेको भन्दै यसै आवदेखि मोतिपुर औद्योगिक क्षेत्रको काम थालनी हुने बताउनुभयो । कार्यक्रम प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।