0 COMMENTS

कञ्चनपुर, १९ साउन । कञ्चनपुरमा वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने युवाको सङ्ख्या बढेको छ ।

Pasport_nepal_-370x260स्वदेशमै रोजगारीका अवसरहरू नपाएपछि बर्सेनि रोजगारीका लागि बिदेसिने युवाको सङ्ख्या बढ्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको राहदानी फाँटमा राखिएको तथ्याङ्कअनुसार आव ०७१÷७२ मा राहदानीका लागि निवेदन दिने नौ हजार ११८ जनामध्ये जिल्लाबाट चार हजार ७१५ जनाले र जिल्लाबाट सिफारिस लिई द्रुत सेवामार्फत काठमाडौँबाट चार हजार ४०३ जनाले राहदानी बनाएका छन् । आव ०७०÷७१ मा आठ हजार ७६८ जनाले राहदानी बनाएका थिए ।

तीमध्ये जिल्लाबाट राहदानी लिनेको सङ्ख्या तीन हजार ५०० र जिल्लाबाट सिफारिस लिई द्रुत सेवामार्फत काठमाडौँबाट राहदानी लिनेको सङ्ख्या पाँच हजार २६८ रहेको थियो ।
आव ०६९÷७० मा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट राहदानीका लागि निवेदन दिनेको सङ्ख्या पाँच हजार ५९५ रहेको थियो ।

राहदानीका लागि निवेदन दिनेमा २० वर्षदेखि ३५ वर्षसम्मका युवा बढी रहने गरेको राहदानी फाँटका कर्मचारीहरूको भनाइ रहेको छ ।

राहदानी बनाउन कार्यालयमा पुग्ने युवाले वैदेशिक रोजगारीका लागि साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुबेत, ओमान, मलेसियालगायतका देशमा जाने बताउने गरेका छन् ।

पछिल्ला केही वर्षयता महिलासमेत वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन पुग्ने गरेका छन् । पुरुषको तुलनामा वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने महिलाको सङ्ख्या भने थोरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।