0 COMMENTS

काठमाडौं, १७ साउन ।
सुनको बजार भाउ घटे पछि पछिलो समयमा धेरै मानिसहरुले सुनका गहना खरिद गर्न खोजिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सस्तिएसँगै नेपालमा पनि यसको मूल्य घटेको छ। तर सुन किन्ने भन्दैमा कहिलैपनि हचुवाको भरमा खरिद गर्नुहुदैन ।सुन खरिद गर्दा जहिले पनि यस्ता ४ कुरामा ध्यान पुर्‍याउनुपर्छ।
gold-१) सुनको सुद्धता : सुन खरिद गर्दा सबैभन्दा बढी ध्यान पुर्‍याउनुपर्ने भनेको यसमा हुने सुद्धताको कुरा हो ।पहिले खरिद गर्दा उक्त गहनाको सु्न कति शुद्ध छ र यसलाई बेच्न चाहेमा के कति पैसा फिर्ता हुन्छ भनेर बुझ्न जरुरी हुन्छ। नेपालमा अन्य धातु मिसावट भएको भएपनि सुद्ध सुनका गहना भनेर विक्री गर्ने गरेको भेटिएको छ । त्यसैले यसकुरामा अल्लि बढी ध्यानपुर्याउन बेस हुन्छ ।
२)वेष्टेज चार्ज : सुनको मुल्यमा गिरावट आएको बेलामा गहना बेचेर नयाँ गहना खरिद गर्दा यसको वेष्टेज चार्जमा ख्याल पुर्‍याउनुपर्छ । कसैले धेरै कसैले थोरै वेस्टेड चार्ज लिन सक्दछन् ।यसो गर्दा कैयौं ग्राहकहरु त ठगिने समेत हुन्छ । त्यसैले गहना बेच्दा वेष्टेज चार्ज कम काटेको पसलमा गहना बेचेर नयाँ गहना खरिद गर्दा बेस हुन्छ ।
३) मेकिङ चार्ज : मेकिङ चार्जले तपाइँको गहना सस्तो हुने कि महंगो हुने भन्ने कुराको निर्धारण गरेको हुन्छ । त्यसैले गहना खरिद गर्दा मेकिङ चार्जको विषयमा सँधै ध्यान दिन बेस हुन्छ ।आफ्नो गहन बेच्नु परेमा मेकिङ चार्ज पाउनु हुन्न केवल सुनको मुल्य मात्र पाउनु हुन्छ । त्यसैले सके सम्म कम मेकिङ चार्ज भएको गहना खरिद घाटा पर्दैन ।
४) हलमार्क चार्ज : छापावाल सुनमा हलमार्क चार्ज लाग्ने हुनाले छापावाल गहना खरिद गर्दा केही महंगो पर्न जान्छ। छापावाल सुनको गहनामा पनि फरक फरक पसलले आफ्ना आफ्ना मूल्य तोकेका हुन्छन्। त्यसैले धेरै पसलमा बुझेर छापावाल सुनको गहना खरिद गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।