0 COMMENTS

साउन १६, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । संविधान निर्माणमा जनमत समेट्न भइरहेकाresize_image (1) पहल र पार्टीको आसन्न महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले संयुक्त बैठक बोलाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सभासदहरुले साउन मसान्तभित्रै संविधान जारी गर्न नेतृत्वले गरेको पहलबारे जानकारी मागिने सभासद रामहरि खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा भूकम्पपछिको पुर्ननिर्माणकालागि गठन गरिएको प्राधिकरणलाई पूर्णता दिन नसक्नुको कारणबारे पनि सभासदले प्रश्न उठाएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा आसन्न महाधिवेशनको मिती तोकिएपनि क्रियाशील सदस्यको छिनोफानो नभएको भन्दै सदस्यले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।