0 COMMENTS

प्रकाश बस्याल ,१३ भदाै नवलपरासी- जिल्ला प्रशासन कार्यालय नवलपरासीले परासी क्षेत्रमा जारी गरेको निषेधाज्ञाको अवधि फेरि बढाएको छ । परासीको स्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको अवधि तिन दिन थपेको हो ।परासी नगर क्षेत्रमा भदौ १३ गतेदेखि तिन दिन सम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

Nisedh Agya 001यसअघि भदाै ७ गतेबाट बाट ७ दिनका सम्मका लागी लगाईएको निषेधाज्ञा आज साझ ७ बजेबाट सकिने हुनाले यस क्षेत्रमा सामाजिक सदभाव भड्कन नदिन, थप मानवीय एवं भौतिक क्षति हुन नपाओस् भनेर र शान्ति सुव्यवस्थाको वातावरण कायम राख्नका लागि थप ३ दिनका लागि निषेधाज्ञा थपिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले बताउनुभयो।

जिल्लाको सदरमुकाम परासी लगायत, रामग्राम नगरपालीकाको सबै वार्डहरु र पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत पुर्बमा पंन्चनगर भुताहा देखी पश्चिममा सुनवल चोक १२ किलोमिटर र दायां बायां ५ सय मिटर क्षेत्र वरपरमा स्थानीय प्रशाशन ऐन, २०२८ को दफा ६( ३ क ) बमोजिम निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना वा सो भन्दा बढी मानिस भेला हुन नपाउने, कुनै पनि सभा सम्मेलन र प्रर्दशन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी मैनालीले जानकारी दिए । निषेधज्ञालाई उलंघन गर्नेलाई प्ररिचालित सुरक्षा कर्मीले कानुन बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।