0 COMMENTS

हामि जनता एउटा नेताले स्वार्थपुर्ण प्रलोभन देखाउदा मार्न मर्न तयार हुन्छौं, कैलाली घटना घटाउछौं, असंख्य निर्दोष नेपालिलाई यातना दिन तयार हुन्छौं।तर चरित्रवान सत् पुरुषले निस्वार्थ भावनाले जनहितको लागि शान्तिपुर्ण आवाज उठाउदा दल र नेताको मुख ताकेर चुपचाप बस्छौं,सायद यो नै हामी नेपालिको दुर्भाग्य हुन सक्छ।

भनिन्छ,सत् पुरुष संधै भरी जन्मिदैन,त्यस्ता ब्यक्तित्व देश र जनताले प्राप्त गर्नु दुर्लभ मानिन्छ तापनी त्यस्ता सत् पुरुष नेपाल र नेपालिले डा. गोविन्द केसीको रुपमा प्राप्त गरेको छ भन्दा अतियुक्ती नहोला। देश नातावाद,कृपावाद, भ्रस्टवाद र स्वार्थवादको दलदलमा
फसिरहँदा पनि सादाजीवन उच्च विचारले परिपुर्ण देश र जनताको लागि आफ्नो प्राण समेतकाे प्रवाह नगरी छैटौ पटक आमरण अनशनको सत्याग्रह गरिरहेको अवस्थामा नयाँ शक्ती नेपालले यथार्थमा एउटा चरित्रवान निस्वार्थ भावनाले देश र जनताको सरोकारलाई बुझ्न सक्ने, सोच्न सक्ने चरित्र अझ स्पस्ट भनौं नयाँ शक्ती नेपालले खोजे जस्तो सुपात्र यिनै गोविन्द केसीहरु नै हुन। यद्यपि डा. केसीको माग अत्यन्त जनमुखी, जनहितकारी हुदाहुदै पनि वहाको मागलाई देशमा विद्यमान पुरानै प्रबृती मफियाहरुद्वारा गलत प्रचार प्रसार गरि जनतामा भ्रम शृजना गर्ने प्रयाश भैरहेको हामिले महसुस गरेकाछौं।

प्रथमत वहाले देशमा कुनै पनि मेडिकल शिक्षण संस्था स्थापना हुन्छ भने त्यसको न्युनतम पुर्वाधार पूरा हुनु आवश्यक छ अन्यथा जथाभावी आर्थिक चलखेलको प्रलोभनमा परी शहरमुखी मात्र भएर मनपरी ढंगले अनुमती दिइनु हुन्न भन्ने हो।
दोश्रो,मेडिकल शिक्षण संस्था सुबिधा सम्पन्न शहरहरुमा मात्र केन्दृत नगरी आम सर्वसाधारण नेपालिको पहुँच हुन सक्ने गरि जनमुखी हुनु पर्छ भन्ने हो।आम नेपालिलाई अवगतै छ कि सुबिधा सम्पन्न अस्पताल र मेडिकल शिक्षण सँस्था केवल शहर र सम्पन्न वर्गमुखी छ। डा.केसीको मागनुसार सबै वर्गका नेपालिका क्षमतावान छोराछोरिको मेडिकल शिक्षामा समान अवसर र पहुँच हुनुपर्दछ, न कि धनवान् र शक्तिवानहरुको मात्र एकाधिकार नहोस।

त्यसरी नै स्वास्थ्यउपचार सेवा हरेक वर्गका नेपालिले उचित मुल्यमा देशको कुना कुनासम्म सर्वसुलभ ढंगले प्राप्त गर्न सकिने अवस्था राज्यले व्यवस्था मिलाउनु पर्दछ। तर यहाँ केही भ्रस्ट मेडिकल माफियाहरुले सम्भवत आफ्नो शक्ति र आर्थिक बलमा डा. केसीको जायज मागलाई आम जनतामा भ्रम सृजना गरि धुमिल पार्ने प्रयास भैरहेको बुझिन्छ। तसर्थ राज्यले विगतमा डा. केसीको मागलाई जायज स्वीकारोक्ती जनाइसकेको प्रतिबद्धताहरुलाई अबिलम्ब कार्यन्वयन गरि डा. केसीको जीवन रक्षा गर्न नयाँ शक्ती नेपाल सरकारसंग जोडदार माग गर्दछ।

डा. गाेबिन्द केसीकाे ८ बुदे माग

१. तत्काल मन्त्रीमण्डलबाट माथेमा प्रतीबेदन कार्यान्वयन गर्ने

निर्णय लिइयाेस ।प्रतीवेदनले बुझाएकाे संरचना अनुसार तत्काल चिकित्सा शिक्षा अयाेग गठन गरियाेस ।

२. त्रिवि लगायत देशका सबै बिश्वविध्यालय र प्रतीष्ठानहरूमा दलीय भागवण्डा नभइ वरीष्ठता र कार्य दक्षताका अधारमा पदाधीकारी नियुक्त गर्नकालागी तत्काल उच्च स्थरीय अयाेग गठन गरीयाेस ।दलीय बफादारीमा हालै गरीएका सीफारीस रद्दगरी यस पटकका लागी एडभाइजरी कमीटी बनार्इ साेकाे सुझाव अनुसार नियुक्त गरीयाेस ।

३. मेडीकल कलेज हरूमा सम्बन्धन र सिट निर्धारणका लागी अनुगमनका बेला देखाइएका

फर्जी फ्याकल्टि फर्जी बिरामी र नक्कली भाैतीक पूर्वाधार सम्बन्धी अाराेपमाथी तत्काल छानविन गरी देषी पाइएका मेडीकल कलेजलाइ

तत्काल कारवाही गरीयाेस ।

४.निरन्तर राज्यले गरेका सहमती बीपरीतका गतीवीधि र अनीयमीततामा संलग्न शिक्षा र स्वास्थ्यमन्त्रीका कदममाथी छानवीन गरी कारवाही अघी बडाइयाेस ।

५.विगतमा भएका अन्य सहमतिमा बुँदाहरू (चिकित्सा बिश्व बिध्यालय,केयूले दिएकाे सम्वन्धन स्थगन, निःशुल्क स्नातकाेत्तर र सरकारी मेडीकल कलेज खेल्ने) तत्काल कार्यान्वयन गरीयाेस ।केयू सिनेटमा प्राध्यापकहरूकाे अाधिकारिक प्रतिनिधित्व गरियाेस ।

६.नेपाल मेडिकल काउन्सिल, नेपाल हेल्थ रिसर्च काउन्सिल र संस्कृत विश्वविध्यालय अन्तर्गतकाे अयुर्वेद अध्यन संस्थानमा दलीय वफादारीका अधारमा नियुक्त पदाधिकारीहरू फिर्ता गरी तुरूत वरिष्ठता र कार्य दक्षताका अधारमा नयाँ पदाधिकारी नियुत्त गरीयाेस ।

७.जयराम गिरी प्रतीवेदनले देषी ठहर्याएका अाइअाेएमका पूर्व पदाधिकारीहरू र मेडीकल कलेज सम्वन्धन र सिट प्रकरणमा अनियमीततामा मुछीएकका त्रिवीका पुर्वउपकुलपति लगायतका पदाधिकारीहरू र केयूका पदाधिकारी माथी तत्काल छानविन र कारवाही गरीयाेस ।

८.झण्डै एक वर्षदेखी पठनपाठन पूर्ण अवरूध्द भएकाे जानकी मेडिकल कलेजका बिध्यार्थीहरूलाइ अविलम्व ब्यवस्थापन गरीयाेस ।

जय नयाशक्ती नेपाल
कमलराज श्रेष्ठ
नेपाल संयोजक, नयाशक्ती नेपाल

डा. के.सि प्रती नयाँ शक्ती नेपालकाे एक्यबद्दता

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।