0 COMMENTS

ADBL-bank_agriculture bank nepal११ भदौ, काठमाडौं ।कृषि विकास बैंकको स्वयम्भू शाखामा भएको बैंकिङ कसूरका ९ जना अभियुक्तहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शाखा अधिकृत केदारप्रसाद गौतम तथा उनकी श्रीमतीद्वय सम्झना पोखरेल र जेनी श्रेष्ठ, स्वयम्भू शाखाका शाखा प्रबन्धक भरतबहादुर बाँनिया, स्वयम्भू शाखाकी लेखापाल गिता पन्त, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र रामकुमार कुम्हार रहेका छन् ।

कृषि बिकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा २०७१ असोज महिनामा काल्पनिक नाममा कीर्ते कागजात पेश गरी २०७१ असोजदेखि २०७२ असारसम्म पटकपटक ५५ कारोबारका चेकमार्फत रकम भुक्तानी लिई प्रतिवादीहरुले बैंकलाई ३३ करोड ८२ लाख ५ सय ७८ रुपैंया ४२ पैसा नोक्सानी पु¥याएका थिए ।

प्रतिवादीहरु केदारप्रसाद, जेनी, सम्झना र सुर्यबहादुरलाई झापा, काकडभिट्टाबाट र अन्यलाई उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा पक्राउ गरिएको हो । उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न पुनरावेदन अदालत, वाणिज्य ईजलाश, पाटनमा बिहिबार पेश गरिएको छ ।

यसैगरी नागरिकता ऐन, २०६३ अन्तर्गत भएको कसूरमा ४ जनालाई सोही ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला प्रशासन कार्यालय, भक्तपुरका नायव सुब्बाद्वय लक्ष्मीप्रसाद तिमिल्सिना र मोहन देउबञ्जार, कार्यालय सहायक साजनकुमार नयाँजु र लेखनदास कृष्णबहादुर कटुवाल रहेका छन् ।

उनीहरुको सहयोगमा नक्कली लालपुर्जा बनाई झापाका तेजबहादुर थापाको नाममा भक्तपुरमा नक्कली बसाइँसराइको कागज तयार गरी तेजबहादुरको नाममा नागरिकताको प्रतिलिपी बनाई राहदानीसमेत दिलाउन प्रतिवादी केदारप्रसाद गौतमलाई सहयोग गरेको कसूरमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिवादीहरुलाई नागरिकता ऐन, २०६३ बमोजिम अनुसन्धान कार्य सम्पन्न गरी भक्तपुर जिल्ला अदालतमा मुद्दा पेश भएकोमा प्रतिवादीहरुलाई धरौटीमा छाड्ने आदेश भएको र प्रतिवादीहरुले गरेको कसूर भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतसमेत पर्ने भएकाले थप कारवाहीकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।