0 COMMENTS

काठमाडौं, ११ भदौ । नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको ज्यान मारेको अभियोगमा टीकापुर हत्या काण्डका सात अभियोगिले अपराध स्वीकार गरेका छन् । हत्याकाण्डमा संलग्न रहेको स्वीकार गरेपछि उनीहरु बिरुद्ध ज्यान मार्ने अभियोग अन्र्तगत मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका मध्ये तीन जनालाई रिहा गर्दै अन्य सातजना बिरुद्ध ज्यानमुद्दा दायर गरेको छ । प्रहरीका अनुसार सात जनाले हत्याकाण्डमा संलग्न रहेको स्वीकार गरेका छन् ।

सुदुरपश्चिमका प्रहरी प्रमुख डीआईजी माधव नेपालका अनुसार मनुवा– १ रामकुमार कठरिया चौधरी वर्ष २५ का राजकुमार कठरिया चौधरी, वर्ष २२ का दिलबहादुर चौधरी र २३ वर्षका सुन्दरलाल कठरिया चौधरी भजने त्रिशक्ति नगरपालिका ४ का वर्ष ४० का प्रेमबहादुर चौधरी, मनुवा गाविस ४ का २२ वर्षका हरिनारायण चौधरी र जोशीपुर ४ का झवहीका ४४ वर्षका रामप्रसाद चौधरीले अपराध स्वीकार गरेका छन् ।
हत्याकाण्डमा संलग्न अन्यलाई पक्राउ गर्न ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।