0 COMMENTS

amresh-kumarकाठमाडौं, ११ भदौ । भारतबाट बंगलादेश र पाकिस्तान छुट्टिए जस्तै नेपालबाट मधेशी छुट्याउने अराजक अभिब्यक्ति दिँदै आएका नेपाली कांग्रेसका सभासद् अमरेश कुमार सिंहले पार्टीको अनुशासन विभागलाई ठाडो चुनौति दिएका छन् ।
देश विखण्ड गर्ने गरी अभिब्यक्ति दिएपछि सभासद् अमरेशलाई पार्टीको अनुशासन विभागले २४ घण्टे स्पष्टीकरण पत्र लेखेको थियो । उनले २४ घण्टाभित्र कुनैपनि स्पष्टीकरण नदिएर चुनौति दिएका छन् । स्रोतका अनुसार उनले कारवाही गरी देखाउन अनुशासन कांग्रेस सचेतक चिनकाजी श्रेष्ठलाई ठाडो चुनौति दिएका छन् ।
विहीबार चिनकाजी र अमेरशबीच टेलिफोन संवाद भएको थियो । संवादमा आफुले पहिले नै स्पष्टीकरण दिइसकेको जनाउँदै फेरी स्पष्टीकरण नदिने बताएका थिए । ‘सक्नुहुन्छ भने मलाई कारवाही गरेर देखाउनुस्’ अमरेशले चिनकाजीलाई भने ‘वारम्वार स्पष्टीकरण सोध्ने काम नगर्नुहोस म २४ घण्टाभित्र जवाफ दिन्न ।’
अमरेश कुमारले स्पष्टीकरण आफ्नो इच्छामा भर पर्ने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण नदिने र सोही बेला कारवाही गरी देखाउन चुनौति दिएका छन् । अमरेशले चुनौति दिँदा पनि उनलाई कारवाही गर्ने हिक्कमत कांग्रेसले राखेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।