0 COMMENTS

प्रकाश बस्याल ,नवलपरासी ,११ भदौ /नवलपरासीमा स्थानिय प्रशासनमा लगाएको निषेधाज्ञा भदौ १३ गते सम्म जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस अगाबै बिभिन्न स्थानमा लगाईएको निषेधाज्ञा परिवर्तन गरी हाल रामग्राम नगरपालीकाको सिमा देखी सुनवल चोक सम्मको (९ किलोमिटर) सडकको दायां बाया ५ सय मिटर क्षेत्र सम्म निषेधाज्ञा कायम रहेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी मानिस भेला हुन नपाउने , कुनै पनि सभा सम्मेलन र प्रर्दशन गर्न नपाउने गरी निषेधाज्ञा कामयै रहेको प्रमुख जिल्ला अधिकारी मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।