0 COMMENTS

bhimarjun-aacharya-काठमाडौं, १० भदौ । संविधानविद् डा. भीमार्जुन आचार्यले सीमांकन र नामांकनसहितको संविधान जारी हुनै नसक्ने दावी गरेका छन् ।
रफत सञ्चार क्लवले विहीबार भक्तपुरमा गरेको कार्यक्रममा संविधानविद् आचार्यले दलहरुको वर्तमान गतिविधिले सीमांकन र नामांकनसहितको संविधान जारी हुनै नसक्ने भन्दै अझै ‘संघीयताको सीमांकन र नामांकन गर्ने हैसियत कुनै पनि नेताको नरहेकाे बताएका छन ।

समस्याको गहन अध्ययन गरी टुंगो लगाएर मात्रै संविधान जारी गर्नुपर्ने सुझाव दिएका संवैधानिक कानुनकाज्ञाता डा. आचार्यले हतारमा संविधान जारी गर्दा झन् समस्या आउने चेतावनी दिएका छन । जनताले दिएका सुझाव समेटेर संविधान जारी गर्नुपर्ने भन्दै उनले जबरजस्ती सीमांकनसहितको संविधान जारी गरे मुलुकमा फेरि अर्को द्धन्द्धको बिजारोपण हुने चेतावनी दोहोर्याए ।

कैलालीको टीकापुर घट्ना सुनियोजित रहेको भन्दै उनले भने, पहाडी र थारु समुदायको सयौं वर्षदेखिको सद्भाव खलल पार्न कैलालीको टीकापुर घटना सुनियोजित रुपमा गराइएको हो ।’
अघिल्लो संविधानसभाको कार्यकाल भरी तत्कालिन संविधानसभाले संविधान जारी गर्न नसक्ने भन्दै अडान लिएका डा. आचार्यले फेरि नामांकन र सीमांकन सहितको संविधान जारी हुन नसक्ने भविश्यवाणी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।