0 COMMENTS

काठमाडौं, १० भदौ । सरकारले दंगाग्रस्त क्षेत्रमा नेपाली सेना परिचालन गर्ने निर्णय विरुद्ध बिहीबार सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ ।
संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि सेना परिचालन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै अधिवक्ताद्वय रोशनकुमार झा र यमकुमार योन्जनले सर्वाेच्च अदालतमा संयुक्त रुपमा रिट दायर गरेका हुन् ।
दायर रिटमा सेना परिचालनले त्यहाँका नागरिकको मौलिक हकमा आघात पर्ने र शान्ति सुरक्षा अझ बिग्रने जिकिरसहित सेनालाई छावनीमा फिर्ता बोलाउन आदेश माग गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्, गृहमन्त्रालय, व्यवस्थापिका संसद सचिवालयलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।