0 COMMENTS
11909785_737220089741043_1313277351_n
कमलराज श्रेष्ठ

देशमा चार शहिदहरुले क्रान्तिको उद्घोष गरेदेखी ०६३सालसम्म आईपुग्दा नेपालिले देशमा प्रजातन्त्र, स्वतन्त्रता र एकताको लागि मात्र क्रान्ती आन्दोलन गरेका थिए। ०६३को जन आन्दोलन पश्चात् नेपाली क्रान्तिको मोड परिवर्तन भयो अब  यहाँ  अखण्डता र एकतालाई विखण्डन गरि नेपाली-नेपाली बिच फुट पैदा गराइ भाइ फुटे गँवार लुटे उखानलाई चरितार्थ पार्न यस देशका महान भनिएका क्रान्तिकारी नेतृत्वहरु लागि परे, जात,धर्म र प्रदेस(पहिचान)को प्रलोभन देखाएर एकीकृत भई बसेका वर्ग र समुहहरुलाई स्वयं राजा बन्न सक्ने सपनाहरु बाँडे।

जसको बिजारोपण मार्क्स, लेनिन, माओको महान वर्गिय सिद्धान्तहरुलाई रद्दिको टोकरिमा विसर्जन गर्दै साम्यवादको मुखुण्डो भिरेर मार्क्सिज्म, माओइज्म बिपरित जात र धर्मलाई प्राथमिकतामा राखी जनतालाई उक्साउने काम भएकै हो भन्दा अत्तियुक्ती नहोला। तत्कालिन माओवादीबाट रोपिएका विखण्डनकारी बीजलाई मलजल गरि हुर्काउने बढाउने कार्यमा नेकाँ, एमाले इत्तरहरु पनि सत्ता प्राप्तिको लागि हात धोएर पछि लागे, लागिरहेकै स्पस्ट छ।कालन्तरमा यो विखण्डनकारी बीष बृक्षबाट फल लिन अन्य तेश्रो पक्ष कसैले प्रयत्न गरिरहेको छ भन्ने प्रमाण पछिल्लो टिकापुर कोतपर्व नै पर्याप्त हुन्छ।

टिकापुर घटना अस्वभाविक तरिकाले घट्यो जसले गर्दा देश टुक्र्याउने,जनतालाई बिभाजित गर्ने सत्यलाई स्पस्ट पारेको छ। त्यति मात्र होइन यहाँ प्रश्न उठ्न सक्छ; देश कसले चलाईरहेकोछ,प्रसासन लगायत सरकारी निकायले कस्को नुन खाएर कसको सेवा गरिरहेछ? यदी सरकारी संयन्त्रहरु नेपाल सरकारको मातहातमा हो भने कैलाली घटना घट्दा किन गैर जिम्मेवार भएर रमिते बन्यो त?जहाँ जनताको सेवक प्रहरिहरुले अकालमा मृत्यु बेहोर्नु पर्‍यो।के लोकतन्त्रमा सरकारि संयन्त्र यसरी चल्छ ?Tharuhat

यदी यसरी नै चल्ने चलाउने हो भने कैलाली घटना अन्तिम नहुन सक्छ। जसरी थरुहटका निर्दोष थारु समुदायलाई उक्साएर गलत तरिकाले गलत प्रयोजनको लागि प्रयोग गरिइयो,त्यस्तै प्रकृतिको घटना अब लिम्बुवान-खसको नाममा,ताम्सालिङ्ग-क्षेत्री,बाहुनको नाममा, नेवा:-क्षेत्री,बाहुनको नाममा र मधेसी-पहाडिको नाममा नदोहोरिएला भन्ने स्थिती रहेन।यसरी चल्ने हो भने लोकतन्त्रको नाममा प्राधानमन्त्री, गृह-मन्त्री र सरकारी संयन्त्र केका लागि ? त्यो देशको सम्मानित ओहोदामा असक्षम भएर रमिते बनिरहन कुनै स्वाभिमानि नेपालिको नैतिकताले दिन्छ र? जहाँ जनताले आफ्नो प्रतिनिधि बनाई पठाएका सभासदहरु नै देश टुक्र्याउने कुरा गरिरहँदा,सुरक्षा निकायका केही उच्च अधिकारिहरु नै विखण्डनकारिहरुका पक्षमा उभिरहँदा,जनताले राम्रा भनिएका सभासद नै अपाराधिहरुको वकालत गरिरहँदा अब यस्ता सरकार र नेतृत्वहरुबाट जनताले के नै आशा गर्न सक्छन ?
 

देशमा शक्तिसाली मानिएका दलहरु र तिनका जनप्रतिनिधिहरुले संविधान निर्माण गर्न जुन बिषयहरु(धर्म, जात, प्रदेस)मा बहस चलाई भागबण्डा गर्ने गलत प्रकृया अपनाइरहेछ, त्यो शतप्रतिशत विखण्डनकारी, बिभाजनकारी, पलायनवादी र देशै विलय गराउने षडयन्त्रकारी योजना हो भन्ने सत्यलाई आम नेपालिसामु कैलाली घट्ना प्रमाण भएर उभिएकोछ।

कैलाली घटनापश्चात सायद आम सचेत नागरिकले देशमा शान्ती, निकास र विकासको लागि छुट्टै नयाँ शक्तिको अपरिहार्यता मह्सुस गरेकै हुनुपर्छ। नयाँ शक्ती नेपालले धेरै अघिबाट नै देशमा नयाँ शक्तिको आवश्यक्ता महसुस गरि आफ्नो संगठनलाई मज्बुत बनाउदै ल्याएको सत्य सायद कुनै पनि सचेत सामाजिक संजाल प्रयिगकर्ताहरुबाट लुकेको छैन।नयाँ शक्ती नेपाल चाहन्छ कि, फेरि पनि नयाँ शक्तिको नाममा देशमा अर्को बिद्रोह गर्न नपरोस,क्रान्ती, असान्ती नहोस, निर्दोष नेपालिले पुन: दुख ब्यहोर्नु नपरोस।यस्तै भावना र मुल सिद्धान्तमा हामी बन्दुक,बारुद र विध्वंसको होइन,कलम, शान्ती र सकारात्मक भावनाकासाथ देशमा रचनात्मक कार्य गर्न चाहन्छौं।हामी जनतालाई प्रत्यक्ष असर र दुख नपर्ने शान्ती अभियान चलाइराखेकाछौं।

त्यही भएर पनि नयाँ शक्ती नेपाल३१००० भन्दा माथी सकृय सदस्यहरु भएर पनि देश, जनता र मिडियाको नजरमा ओझेल परे जस्तो देखिन्छ। बिगतमा तत्कालिन माओवादीबाट लगभग दुई हजारपच्चिससय लडाकुका साथ हिंसा र विध्वंसको क्रान्ती हुदा देशमा हाहाकार मच्चिएको थियो।कुनै समय लौहपुरुष गणेशमानले तत्कालिन जनतालाई लक्षित गर्दै नेपालि जनता भेडा हुन भनी संकेतात्मक ब्यङ्ग्य गरेका थिए रे। तर आज हामी भन्छौं,नेपाली जनता अब सचेत र सक्षम नागरिकमा परिवर्तन भैसकेकाछन, जनता क्रान्ती र विद्रोह गर्दै विखण्डनको पक्षमा छैनन।

अाज केही सामाजिक सद्भाव खल्बल्याउने ठेक्का लिएका ठेकेदारहरुका समर्थकहरुले जनतामा शब्दको भ्रम शृजना गरिरहेकाछन।जुन सदैव टिकिरहन सम्भव छैन।अन्तत: जनता शान्ती र सदभावको अभियानमा जुट्नै पर्छ।यद्यपि नयाँ शक्ती नेपाल असक्षम भएर शान्ती र मेलमिलापको कुरा गरिरहेको छैन। नयाँ शक्तिको मुल उद्देश्य कुनै पनि अभियान, क्रान्तिले फेरि पनि जनताले कुनै  दुख बेहाेर्न नपराेस,जनता त्रसित बन्न नपरोस, हजारौं आमाहरुको काख नरित्तियोस, हजारौ बालबालिका टुहुरो नबनोस, नेपाली चेलिहरुको सिन्दुर नपुछियोस भन्ने हाम्रो चाहना हो।

यदी सरोकारवालाहरु ले नयाँ शक्ती नेपालको शान्ती,भातृत्व, मित्रता र अहिंसाको भाषा र विचार बुझ्दैनन भने आवश्यक परे अन्तिम अस्त्रकोरुपमा क्रान्ती विद्रोह गर्न पनि लाखौं युवाहरु परिचालन गर्न नयाँ शक्ती नेपाल तयार छ। तापनी नयाँ शक्तिको दृष्टिमा फेरि पनि यो विधि प्रयोग गर्नु जनता बिरोधी कार्य हो भन्ने ठम्याई छ।हामि विश्वस्त छौं, नयाँ शक्ती नेपालद्वारा संचालित देशमा शान्ती,निकास र विकासको लागि शान्ती अभियानमा सचेत देशभक्त नेपालिहरु जुट्ने नै छन,नेपाली जनताले यस अहिंसाको अभियानलाई सफल पार्ने नै छन।
जय नयाशक्ती नेपाल!
कमलराज श्रेष्ठ
नेपाल संयोजक, नयाशक्ती नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।