0 COMMENTS

सिन्धुली । सिन्धुली जिल्लामा राजकुमारी वृक्ष (पाउलोनिया)को व्यावसायिक खेती सुरु भएको छ । बहुसरोकारवाला वन कार्यक्रम सहयोग एकाइ, बबरमहल काठमाडौको आर्थिक सहयोगमा सिन्धुलीको भीमस्थान गाविसमा एक सय घर परिवारले पाउलोनियाको व्यावसायिक खेती सुरु गरेका हुन् । पाउलोनिया खेतीका लागि जिल्लास्थित शान्ति समाज नेपालले सहजीकण गरेको छ ।

भीमस्थान गाविस ५ निवासी कृषक मातृका काफ्ले राजकुमारी वृक्षको महìव बुझेपछि आफूले पनि १५० वटा बिरुवा रोपेको बताए। उक्त गाविसमा मात्रै सय घर परिवारले पाउलोनियाको खेती गरेको जानकारी दिँदै उनले भने, ‘गत वर्ष साउनदेखि हामीले उक्त खेती थालेका छौं । उक्त खेती गर्दा राम्रै कमाइ हुने बुझेर नै सुरु गरेका हौं ।’

पाउलोनिया विश्वमा अति तीव्र गतिमा बढ्ने रूखहरूमध्ये पर्दछ । यो विरुवा बढीमा १० वर्षमा फर्निचरका सामान बनाउन उपयोगी हुने भएकाले यसको खेतीका लागि कृषक उत्साहित भएका हुन् ।

जिल्लामा पाउलोनियाको खेती गर्न कृषकलाई सहजीकरण गर्दै आएको संस्था शान्ति समाज नेपालका अनुसार सिन्धुलीको भीमस्थान र रामेछाप जिल्लाको नामाडी गाविसमा गरी एक÷एक सय घरले १५ हजार बिरुवा रोपेका छन् । सिन्धुली र रामेछापमा पाउलोनियाको नेपालमै पहिलो पटक व्यावसायिक खेती सुरु भएको उक्त संस्थाका अध्यक्ष विराज शर्माले जानकारी दिए ।

उनले भने, ‘नेपालमा पहिलो पटक व्यावसायिक खेती सुरु भए पनि मुलुकका अमेरिका, युरोप, अस्ट्रेलिया र न्युजिल्यान्डमा यसको बढी प्रयोग हुँदै आएको छ । नेपालमा पनि सन् १९९४ देखि यस प्रजातिको महत्व र प्राविधिक ज्ञानको विकास हुँदै आएको र इसिमोडले यसको सफल परीक्षण गरि सकेको छ । ’

यस प्रजातिलाई व्यावसायिक रुपमा खेती गरी प्रशस्त आम्दानी लिन सकिने भएपछि नेपाल सरकारकै कार्यक्रम अनुसार पाउलोनिया खेतीका लागि कृषकलाई उत्साहित गरेको संस्थाका अध्यक्ष शर्माले बताए। उनका अनुसार राम्रोसँग हेरचाह पुगेमा ५/६ वर्षमा उपयोगि काठ यसबाट प्राप्त गर्न सक्ने गरी एक वर्षमा छाता जस्तो, तीन वर्षमा खम्बा जस्तो र पाँच वर्षमा चिरेर र्याकहरू बनाउन सकिने यसको विशेषता रहेको छ ।

यसबाट प्लाइउड र अन्य प्रयोगका लागि प्रयोग हुनुका साथै यो हलुका जातको काठ भएकाले यसको डुँड बनाई सिंचाइमा समेत प्रयोग गर्न सकिने छ । यसको पात चौपायका लागि पौष्टिकयुक्त घाँस हुने जानकारहरू बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।