0 COMMENTS

भक्तपुर, ९ भदौ । सिँचाइ मन्त्री नारायणप्रकास साउदले संविधान निर्माणको सङ्घारमा कैलालीको टीकापुरमा भएको घटनामा घुसपैठ भएको बताउनुभएको छ ।

समसामयिक विषयमा आज रिपोर्टर्स क्लब भक्तपुर शाखाले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री साउदले सो घटना सुनियोजितपूर्ण ढङ्गबाट गराइएको हो भन्नुभयो ।

संविधान जारी गर्ने दिन नजिकिएसँगै संविधान जारी गर्न नदिने तत्वहरूले षड्यन्त्रपूर्वक उक्त घटना घटाएका हुन् उहाँले भन्नुुभयो‘‘ टीकापुर घटनाका बारेमा यथार्थ विवरणका लागि सरकारले तदारुकताका साथ काम थालिसकेको छ ।’’

उहाँले टीकापुरमा भएको घटनामा त्यहाँका आन्दोलनरत थरुहट र थारुवान सङ्घर्ष समितिका आन्दोलनकारीको मात्र सहभागिता नभएर बाहिरबाट पनि घुसपैठ भएको बताउनुभयो ।

मन्त्री साउदले दूषित मनसायबाट प्रेरित बनेका केही तत्वले टीकापुर घटनाजस्तो निन्दनीय घटना घटाएको दाबी गर्दै जुनसुकै घटना भए पनि संविधान निर्माणको काममा अवरोध नआउने स्पष्ट गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।