0 COMMENTS

८ भदौ, काठमाडौं ।नेपाल प्रहरीका एसएसपी सहित ७ सुरक्षाकर्मीको र एक बालककाे विभत्स हत्यामा भारतको हात रहेको खुलासा भएको छ ।

xkailali-attack-thau-aandolan.jpg.pagespeed.ic.NBP_S-CJgDकैलालीको टिकापुरमा सोमबार भएको नरसंहारमा भारतीय हतियारधारीहरुको संलग्नता रहेको खुलासा भएको हो । सरकारका गृहमन्त्री बामदेव गौतम स्वयंले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा त्यस्तो जानकारी गराएको श्रोतले जानकारी दिएको छ ।

उच्च स्रोतका अनुसार गौतमले सिमावर्ती भारतको थक्रौलाबाट हतियारसहित दुईवटा बलेरो गाडीमा आएकाहरुले आन्दोलनमा सहभागी थारुहरुलाई उचालेर घटना गराएर भारत फर्केको थियो ।

‘बाहिरका मानिसहरुले आन्दोलनकारीको भिडमा घुसेर घटना गराएको देखिन्छ’, बैठकमा गौतमले जानकारी गराउँदै भनेका थीए  ।

 कैलालीकाउच्च सुरक्षाअधिकारीहरु भन्छन् नियोजित रुपमा गाउँगाउँबाट हतियार लिएर आन्दोलनमा उत्रन भनेर मान्छेपरिचालन गरियो र भारतीय सिमाबाट समेत ठूलो संख्यामा आइतबार र सोमबार भारतीयहरुको समुह नेपाल पस्यो ।

ति सुरक्षा अधिकारीले भने आन्दोलनमा बास्तविक थारु समुदाय हतियार सहित नै आए तर आक्रमण भने तिनै थारुलाई ढाल बनाएर भारतबाट छिरेको समुहले गरायो ।

भारतीयहरुको ठूलो संख्याको घुषपैठ हुनु, झण्डै दुई हप्ता अघिमात्र आफ्नै पार्टी सत्तामा भएका अमेरश कुमार सिँह राजेन्द्र महतो जस्ताले जनतालाई हतियार सहित उत्रन उकास्नु जस्ता आधार हेर्दा सोमबारको कैलाली टिकापुर घटना यिनै तिन सभासद रहेका नेताहरुको पूर्व योजना र डिजाइनमा भएको र यसमा भारतीयहरुको समेत संलग्नता रहेको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।