0 COMMENTS
tirtharaj
            तीर्थराज अधिकारी

क)क्रान्तिकारीहरु
“शहीद“ लाई “सहिद बनाएर 
निकै गर्व गर्ने
हाम्रा कान्तिकारी भाषाविद्हरु
नारायणहिटी दरवार नै
सङ्ग्रहालयमा परिवर्तन भइसक्दा पनि
“शाह“ लाई “साह“ बनाएर
 घोषणा गर्न
किन अलमल गरिरहेका छन् ?

ख) साँढेहरु
यी मान्छेका नामधारीहरु
जहिले पनि आफूलाई
साँढ नै ठानिरहन्छन्
यिनले जन्मदैमा
थप उपहारमा
दुइटा खुट्टा
दुइटा सिङ
र, एउटा पुच्छर पनि पाएका भए
बिचरा यी नक्कली साँढे हुनुभन्दा
सक्कली साँढे नै हुनसक्थे नि !

ग) लालसा
पढेर सचिवसम्म भएकाहरु
नपढेरै पनि मन्त्री भएकाहरुको
कारिन्दा बन्ने तीव्र लालसाले
हातमा नौनी दल्दै
निद्रा थाती राखेर कुदिरहेका छन् ।

घ) छोराछोरीहरु
मेरा छोराछोरीहरु
टोलमै गुमनाम
गल्लीभित्रको÷जस्तामुनिको
घामपानी नछेकिने
झ्यालढोकाबिनाको
इन्टरनेसनल एकेडेमी–मा
भविष्य फुलाउन
किताबका रङ्गीन पाना पल्टाइरहेका छन् ।

ङ)आमाहरु !
दूधमुखे बच्चाका मुखबाट
दूधका मुन्टा छुटाउँदै
पैसाका मुठा बोकी
बच्चालाई टाईले कसेर
मन्टेश्वरीमा मुन्ट्याएपछि
आमाहरु –राहतको सास फेरिरहेका छन् ।

                                                                                     तीर्थराज अधिकारी
                                                                                               गोरखा
                                                                                            (हालःसरस्वतीनगर,काठमाडौ)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।