0 COMMENTS

काठमाडौं । महिलाको स्वास्थ्यको बारेमा धेरै कुराहरु छsex1न् तर यसको साथ महिलाको यौन सम्बन्धसँग गाँसिएको स्वाथ्यको बारेमा कसैले केही भन्दैनन् ।

महिलाको लागि अति नै महत्वपूर्ण जानी राख्नुपर्ने कुराबारे यहाँ चर्चा गरिएको छ । त्यसै गरि यौन सम्बन्धका समस्याबाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि यहाँ चर्चा गरिएको छ । बलिउड
विहे अनलाईनका अनुसार जानी राख्नुहोस् यौन स्वास्थ्य सम्बन्धी जोडिएका यी कुराहरु ।

१, यौन अङ्गको सरसफाई
महिलाहरुमा एउटा भ्रम के छ भने यौन सम्पर्क पछि हुने हरेक खालका समस्या पुरुषकै कारणले मात्र हुन्छ भन्ने छ । तर त्यही मात्र मुख्य कारण होइन । ध्यान दिनु पर्ने मुख्य कुरा त सरसफाई हो । यौन सम्पर्क गर्नु अगाडि र यौन सम्पर्क गरी सकेपछि सरसफाइमा कत्तिको ध्यान पुग्छ त्यही नै मुख्य कुरा हुन जान्छ ।

२, कण्डमको प्रयोग
असुरक्षित यौन सम्पर्क कै कारण महिलालाई बेशक हर्पस र एपीबि भाइरस जस्ता रोग लाग्न सक्छ । यौन सम्पर्कको क्रममा आफ्नो यौन साथिलाई कण्डम लगाउन दबाब दिनुहोस् यसबाट धेरै किसिमका सङ्क्रमणबाट जोगिन सकिन्छ ।

महिलाले यो भन्न सक्छन् कि यदी उसको यौन साथीलाई कण्डम लगाउन भन्ने नमानेमा यस कार्यमा सहभागी नहुने । किनकी यसले सबैभन्दा बढी युरिनरी इन्फेक्सन हुन्छ । यस समस्यालाई लिएर धेरैजसो महिलाहरु असाध्यै चिन्तित हुन्छन् । यस्तो समस्या त यौनाङ्को रोगको कारण पनि हुन्छ ।

३,प्रशस्त पानी पिउनु
यूरिन इन्फेक्सनको लागि तपाईंले अधिक मात्रामा पानी पिउनु जरुरी हुन्छ ।

४,शौचकार्य पछि सरसफाई
टिस्यू प्रयोग गर्नु अघि र पछि दुबै पटक हातलाई राम्ररी धुनु पर्छ । खासगरी घरबाहिर सार्वजनिक शौचालयहरुको प्रयोग पछि यस्ता कुरामा ध्यान दिन जरुरी छ ।

५,समय समयमा स्वास्थ्य परीक्षण
यसो गर्नाले कुनैपनि प्रकारको इन्फेक्सन या ब्याक्टेरीयाबाट लाग्ने रोगबाट बच्न सकिन्छ । यसका लागि विभिन्न पत्रपत्रीकाबाट पनि जानकारी पाउन सक्नुहुन्छ । यतिले सन्तुष्ट नभएमा स्त्री रोग विशेषज्ञसँग सल्लाह लिन सक्नु हुन्छ ।

यसले भविश्यमा हुने गम्भीर बिरामीबाट बच्न मद्दत मिल्छ । क्यान्सर अथवा यौन सम्बन्धी स्वास्थ्यकोको लागि समय समयमा चेक गराउनु राम्रो हुन्छ । कयौं अस्पताहरुमा त यस्ता रोगको उपचार निशुल्क पनि परीक्षण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।