0 COMMENTS
11798078_724177024378683_876188833_n
कमलराज श्रेष्ठ बिगु-३ दोलखा

दोलखा जिल्लाको पुर्व- उत्तर तिब्बतको सिमानामा अवस्थित गाउँ बिगु हो। बिगु गाबिसको लगभग ३३०० मि उचाईमा सन १९३३मा ड्रुक्पा रिम्पोचेद्वारा टासी छिमे ग्याछेल गुम्बा स्थापना गरेको भन्ने पाइन्छ जहाँ आनि (महिला भिक्षुहरु) मात्र बस्दछन। यद्यपि बैशाख १२ र २९को बिनासकारी भुकम्पले दोलखा जिल्लाकै बौद्ध एवं हिन्दुमार्गी समेतको धार्मिक आस्थाको धरोहर एवं पर्यटकिय सम्भावनाको ऐतिहासिक विशेष महत्वको बिगु गुम्बालाई पनि छोडेन।

जसले समग्र गाउँ तथा बौद्ध मार्गिहरु सबैलाई स्तब्ध बनायो। तापनी प्राकृतिक प्रकोप संग जुध्दै स्थानिय बासिन्दाहरु बिसेषत शेर्पा समुदायहरुले आफ्नो धार्मिक आस्थाको केन्द्रलाई पुनर्निर्माण गर्न विभिन्न दाताहरु खोज्ने प्रयाश गरिरहेका थिए ।यसै बिच कुनै श्रोत मार्फत दाता भेटियाे तर दाताको चाहना हो या दाताको मध्यस्थताकर्ताको प्रलोभनको कारण हो त्यहा बिबाद सुरु भयो। आज यो स्तम्भकार अचानक दाता मध्यस्ताकर्ता र स्थानिय बासिन्दा बिच छलफल भैरहेको स्थानमा पुगें म पनि स्थानियवासी भएकै कारण छलफलमा भाग लिने अवसर प्राप्त भयो। दुबै पक्षको कुरा सुने बिबाद रहेछ,स्थानियवासिको चाहना गुम्बा जस्ताको तेस्तै यथास्थानमा पुनर्निर्माण हुनुपर्ने।तर दाता र मध्यस्थ कर्ताको अभिष्ट गुम्बालाई काठमाण्डौमा स्थानन्तर गर्नु पर्ने।

के दोलखा जिल्ला एवं स्थानियवासी कै ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्रलाई अस्तित्व नै मेटिने गरि विस्थापित गर्नु उचित हो त ?

आज देशमा विकेन्द्रीकरणको बहस चलिरहँदा देशमा विद्यमान कुनै पनि ऐतिहासिक महत्व बोकेका धरोहरलाई हामिले स्थानियस्तरमा संरक्षण संवर्धन गर्नु हरेक सचेत नागरिकको कर्तव्य हो।स्थानियवासिले आफ्नो धर्म,कर्म, संस्कारको महत्वपुर्ण आस्थाको केन्द्र बिगु गुम्बालाई यथास्थानमा नै पुनर्निर्माण हुनु पर्छ भन्ने तर्क यथार्थपरक एवं जायज देखिन्छ।

 दाता र मध्यस्ताकर्ताले गुम्बालाई काठमाडौमा विस्थापन गरि नव निर्माण गर्न जबरजस्ती गर्नुको पछाडीका कारण चै के छ त ? अनी के काठ्माण्डौमा गुम्बाको कमि भएर हो त ? धार्मिक आस्थाको बिगु गुम्बा स्थानिय बासिन्दालाई आवश्यक्ता हो कि मध्यस्थताकर्तालाई ? यदि दाताले धार्मिक आस्था कारण सहयोग गर्न नै चाहेको हो भने बिगु गुम्बा जहाँ जस्तो अवस्थामा थियो त्यही नै स्थानिय बासिन्दाको चाहना अनुरुप हुनु पर्ने होइन र ?

11793433_724693184327067_1559292584_n होइन भने यस्तो कसैको निहीत स्वार्थपरक सहयोगको कुनै औचित्य देखिदैन।मलाई ज्ञात भएसम्म हिजोसम्म बिगु गुम्बाको संरक्षण, सम्बर्धन स्थानियवासिहरुले कुनै विशेष दाताबिना नै स्वस्फुर्तरुपमा आफ्नो धार्मिक धरोहरलाई जिवीत राख्दै आएकै हो।भोलि पनि बिगु गुम्बा स्थानियवासीका कला, सीप, जोस, जाँगर र पसीनाले पुन: उठ्ने नै छ, दैनिक प्रकृया सुचारु गर्ने नै छ।तसर्थ, धर्मको नाममा निहित स्वार्थको राजनिती गर्नेहरु बिरुद्ध बिगुवासी लगायत दोलखाजिल्लाले नै बुलन्द आवाज उठाउनै पर्छ। बिगु र दोलखा जिल्ला मात्र नभएर देशकै गौरिशंकर संरक्षण क्षेत्रमा पर्ने यो ऐतिहासिक पर्यटकिय धार्मिक महत्वको केन्द्र बिगु गुम्बालाई संसारभर बसेका सरोकारवालाहरुले विस्थापित हुनबाट रोकि यथास्थानमा पुनर्निर्माण गर्न जसले जहाबाट जे सकिन्छ सहयोग गरौं भन्ने आग्रह पनि यसै लेख मार्फत गर्दछु। कमलराज श्रेष्ठ बिगु-३ दोलखा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।