0 COMMENTS

साउन-११, काठमाडौँ । नेपालमा सरकारी सेवामा रही विदेशको स्थायी बसोवास गर्ने सुविधा लिएका व्यक्तिलाई सरकारी सेवाबाट बाध्यात्मक अवकाश दिने कानुन बनेपछि सरकार उनीहरुको सूची संकलनमा निरन्तर लागि परेको छ ।
 timthumb.php copy
सरकारले संसदको राज्य व्यवस्था समितिमा बुझाएको र हालसम्म गोप्य राखिएको भनिएको विवरणमा केही महिनाअघिमात्र नियुक्त भएका संवैधानिक अंगका आयुक्तसहित उच्च पदस्थ कर्मचारीहरु रहेका छन् भने बाँकी व्यक्तिहरुको खोजि भईरहेको र सुचनाहरु संकलनको काम भईरहेको छ । ग्रीन कार्ड लिएको सरकारी सूचीमा रहेका व्यक्तिमध्ये उच्च पदमा रहनेमा मन्त्रालयका सचिव पनि छन् ।
 
सरकारले हालसम्म प्राप्त गरेको विवरणमा डीभी पाएर वा अन्य कुनै कारणले अमेरिकाको ग्रीनकार्ड लिनेको संख्या धेरै छ । सरकारले नियमावली बन्ने क्रममा रहेकाले नियमावली बनेपछि सबै सरकारी कर्मचारीहरुको डिभीपीआरको विवरण थप सार्वजानिक गर्दै लाने जानकारी दिएको छ । सरकारले गोप्य राखेको डिभी पीआर लिने केहि उच्च पदस्थहरुको लिस्ट तल उल्लेख गरिएको छ ।
 
को-को छन् डिभी पीआर लिएका उच्च पदस्थ कर्मचारीहरु ?

अर्थमन्त्रालयका राजश्व सचिव नवराज भण्डारी (अमेरिका)
न्यायसेवातर्फका सहसचिव लक्ष्मण मैनाली (अमेरिका)
न्याय सेवाका सहसचिव धनराज ज्ञवाली (अष्ट्रेलिया)
निजामति कितावखानाका उपसचिव बलदेव जोशी (न्यूजिल्याण्ड)
राजश्व अनुसन्धान विभागका सहसचिव भरतराज सुवेदी (अष्ट्रेलिया)
प्रशासन सेवाका उपसचिव खेमराज निरौला (मेरिका)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशी (जर्मनी)
कानून मन्त्रालयमा कार्यरत अधिकृत कृष्ण ज्ञवाली (अमेरिका)
अधिकृत किरणप्रसाद आचार्यले (अमेरिका)
डोलिडारका इन्जिनियर अधिकृत मनोज कणेल (अमेरिका)
भैरहवा भन्सारका प्रमुख लावण्य ढकाल (अमेरिका)
राष्ट्रिय सूचना आयोगमा सहसचिव भई काम गरेका चण्डी दाहाल (नखुलेको)
विमानास्थलको प्रमुख भन्सार अधिकृत योगेन्द्र ओझा (अमेरिका)
पूर्वसचिवहरु त्रिलोचन उप्रेती, रामचन्द्र सिंह र माधवप्रसाद घिमिरे (नखुलेको)
उर्जा मन्त्रालयमा काम गरिसकेका सहसचिव किरण शर्मा (अमेरिका)
बरिष्ठ विउ विकास अधिकृत दुर्गाप्रसाद पन्थी (अमेरिका)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।