0 COMMENTS

काठमाडौँ । संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राख्ने लविङ् गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार ललितपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।
timthumb.php

 

एकीकृत नेकपा माओवादीका नेता डा. भट्टराईले नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लेख्नुपर्ने भन्दै अन्तक्रिया कार्यक्रम गरेका हुन् । बिहान कुपण्डोलस्थित हिमालय होटलमा नेता भट्टराईले अन्तरक्रिया कार्यक्रम गरी नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राख्न सुझाव दिएका हुन् ।
उनले आयोजना गरेको अन्तरक्रियामा राजनीतिक विश्लेषक डा. भोला पोखरेल, सीके लाल, शंकर शर्मा, उपेन्द्र देवकोटा, लोकराज बराल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, एमाले नेता योगेश भट्टराई, नायक राजेश हमाल सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।