साउन ८ ।एमाले अध्यक्ष केपी ओलीले संविधान नचाहने समूहले संविधान जारी होला भन्ने डरले आन्दोलनको नाममा वितण्डा मच्चाएको आरोप लगाउनुभएको छ । सीमांकन र नामांकन तथा धर्म्निरपेक्षताको बिषयमा भएको आन्दोलनतर्फ लक्षित गर्दै ओलीले त्यस्ता आन्दोलन तर्क र तथ्यको आधारमा नभएको दाबी गर्नुभयो ।
ओली निवास बालकोटमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाले संविधानमै संघीयता उल्लेख भएकाले संघीयता नहोला भन्ने आशंका नगर्न अनुरोध गर्नुभयो ।
नागरिकताको सन्दर्भमा टिप्पणी गर्दै ओलीले कुनै पनि नेपाली नागरिकता विहीन हुनु नपर्ने उल्लेख गर्नुभयो ।। ‘
उनले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने बताउनुभयो ।संविधानमा प्रेस स्वतन्त्रताको सट्टा पूर्ण प्रेस स्वतन्त्रता लेख्न पनि कुनै आपत्ति नभएको उहाको भनाई छ ।