0 COMMENTS

‘काठमाडौँ, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशभरबाट आएका जनताका भावनालाई संविधान निर्माणमा समेटिनुपर्ने बताउनुभएको छ ।

kamal-thapa 2रिपोट्र्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले धर्मनिरपेक्षताको खारेजी र हिन्दू राज्यको स्थापनाका पक्षमा देशभर स्वतःस्फुर्त रुपमा उठेको मागलाई संविधानमा सम्बोधन गर्नुपर्ने माग गर्नु भयो ।

सुझाव सङ्कलनका क्रममा हेटौँडालगायत स्थानमा पार्टीका नेता तथा कार्यकर्तामाथि गरिएको आक्रमणको विरोध गर्दै उहाँले आफूहरु संविधानको विरोधी नभएको तर पार्टीले तय गरेका ‘एजेन्डा’ स्थापित गराउन अन्तिम अवस्थासम्म पनि सङ्घर्षरत रहने जानकारी गराउनुभयो ।

कार्यकारी प्रमुख जनताबाट निर्वाचित व्यक्ति हुनुपर्ने कुरा देशभर उठेको बताउँदै उहाँले भन्नुभयो, “त्यसमा नेपाली काँग्रेस लचिलो भएर आउनुपर्छ । नेकपा (एमाले) र एमाओवादी आफ्नो एजेन्डामा रहनुपर्छ ।” संविधान बन्नु अपरिहार्य रहेको र नेपाली जनतालाई केन्द्रमा राखेर संविधान निर्माण गरिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।