0 COMMENTS

काठमाडौँ, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।

oliसैँतिसौँँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज पुष्पलाल स्मृति पार्क चम्पादेवीमा आयोजित कार्यक्रममा उहाँले सामन्तवादविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने पुष्पलाल नेपाली राजनीतिका अग्रणी योद्धा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “पुष्पलालको नेतृत्वमा २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कम्युनिस्ट पार्टी स्थापनासँगै आन्दोलनले सामन्तवादविरोधी स्पष्ट दिशा ग्रहण ग¥यो र राष्ट्रिय स्वाधीनता एवम् राष्ट्रवादका मूल्यहरूलाई ठोस रुप प्रदान ग¥यो । जनवादी गणतन्त्र र समाजवादको गन्तव्य रेखाङ्कित ग¥यो ।”

“पुष्पलालको मार्गदर्शनअनुरुप अगाडि बढ्दा आज सामन्तवादविरोधी क्रान्ति उत्कर्षमा पुगी देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनपुगेको छ,” उहाँले भन्नुभयो – “अहिले देश संविधान निर्माणको निर्णायक बिन्दुमा आइपुगेको छ । संविधान निर्माण भएपछि संविधानसभा अन्त्य हुन्छ । समयको प्रवाहसँगै देशको आवश्यकताअनुसार संविधान विस्तारै संशोधन हुँदै जान्छ ।”

आगामी केही साताभित्रै देशले नयाँ संविधान पाउने र यसले नेपाली जनताका एक शताब्दी लामो सङ्घर्षका उपलब्धिलाई संस्थागत गर्दै देशलाई आर्थिक वृद्धि र समृद्धिको मार्गमा उन्मुख गराउने उहाँको भनाइ थियो ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो ।

देशको समृद्धिका लागि वामपन्थी र काँग्रेसबीचको एकता आवश्यक भएकामा जोड दिँदै उहाँले २०४६ सालको जनआन्दोलन, ०६२÷६३ को आन्दोलनको सफलता यी दुवै शक्तिबीचको एकताले सम्भव भएको हो भन्नुभयो ।

प्रतिष्ठानले पुष्पलालको योगदानलाई जीवन्त राख्न ऐतिहासिक दस्तावेजहरू सङकलन गरी प्रकाशन गरेको उहाँले जानकारी गराउनुभयो ।

उक्त अवसरमा पुष्पलालको पूर्ण कदको सालिकमा पार्टीका अध्यक्ष ओली, प्रतिष्ठानका अध्यक्ष नेपाल, उपाध्यक्ष एवम् उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, पार्टीका महासचिव ईश्वर पोखरेललगायतका नेता तथा कार्यकर्ताले माल्यार्पण गरी श्रद्धान्जलि अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा पुष्पलालको जीवनी सङ्ग्रह र ऐतिहासिक दस्तावेजहरूको सङ्ग्रह पनि विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।