२०७२ साउन ७ गतेकाठमाडाैंमा ठूलाे भुकम्पकाे धक्का महशुस भएकाे छ । साउनकाे पहिलाे साता एकाएक ठूलाे भुकम्पकाे धक्का गएपछि सबै मानिसहरु फेरि सडकमा निस्किएका छन् ।
साउन ६ गते बधुबार राती १० बजेर १४ मिनेट जाँदा भुकम्पकाे धक्का महशुस भएकाे हाे । पछिल्लाे समय साना धक्का गइरहे पनि राजधानीवासीले त्यसतर्फ ध्यान दिन छाडेका थिए । तर, अाज राती एकाएक ठूलाे भुकम्पकाे धक्का गएपछि फेरि मानिसहरुमा त्रास उत्पन्न भएकाे छ । अाज भुकम्पकाे धक्का लगातार दुर्इपटक महशुस भएकाे थियाे । काठमाडौंको भृकुटीमण्डप र टुकुचा नदीको बीचलाई केन्द्रविन्दु बनाएर बुधबार राति ४.६ रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्पको पराकम्प गएको छ ।
राति १० बजे १४ मीनेटमा गएको भूकम्प ४.६ रेक्टरस्केल म्याग्नेच्यूटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्प गएको केही समयपछि राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी
काठमाडौंको मूख्य स्थानलाई केन्द्र विन्दु बनाएर पराकम्प गएपनि राष्ट्रिय भूकम्प मापन केन्द्रले यसको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको जनाएको थियो । पछि विवरण सच्याउँदै केन्द्रले पराकम्पको केन्द्रविन्दु भृकुटीमण्डप र टुकुचा नदीको बीच रहेको नक्सा सार्वजनिक गरेको छ ।
गत वैशाख १२ गते बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि अझै पनि त्यसका पराकम्प जानेक्रम जारी छन् । यद्यपी पराकम्प जाने क्रम भने निकै कम हुँदै आएको छ ।