0 COMMENTS

काठमाडौं, साउन ६ – विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मोर्डन इन्डियन स्कुलको गाडी जलाइदिएका छन् । आज बिहानै कीर्तिपुर नजिकै गाडी जलाइदिएको हो ।

mordenनेपालको शिक्षा नियमवाली विपरित स्कुल संचालन गरेको दावी गर्दै उनीहरुले गाडी जलाएका हुन् । विद्यार्थी नेताहरुले हालसम्म उक्त स्कुल विना दर्ता संचालन भएको दावी गरे । उनीहरुले उक्त स्कुलले कञ्चनजंघा हिमाल भारतमा पर्छ भनि लेखिएको पाठ्यक्रम पढाएको, भारतीय झण्डालाई नेपालको राष्ट्रिय झण्डा भनि विद्यार्थीलाई पढाउने गरेको, भारतीय राष्ट्रिय गान अनिवार्य गाउन बाध्य पारिएको आरोप पनि लगाएका छन् ।गाडी जलाएपछि उनीहरुले जारी गरेको विज्ञप्तीमा बाग्मती नदी, सामुदायिक वन र मन्दिरको ७० रोपनी जग्गा हडपेर विद्यालय संचालन गरेको पनि आरोप लगाएका छन् ।

उनीहरुले स्कुलले बिद्यार्थीमाथि बिभिन्न गलत कुरा पढाएको भन्दै पर्चा समेत बाडेर गएका थिए

के कारणले जलाईयो बस ?

. भुकम्प पिडितलाई शुल्क मिनाहा नगरेको

. नेपालको शिक्षा ऐन अन्तर्गत दर्ता नगरी चलाएको

. कञ्चनजंघा हिमाल भारतमा पर्दछ भनि पढाईएको

. भारतको राष्ट्रिय झण्डा भनि पढाईएको

. भारतको राष्ट्रिय गान अनिवार्य गाउन लगाईएको

. बाग्मती नदी सामुदायिक बन मन्दिरको ७० रोपनी भन्दा बढी जग्गा हडपेको

. कर्मचारीलाई पुर्वाग्राही ढंगले निष्कासन गरेको

. दुई दर्जन भन्दा बढि गाढी दर्ता नगरी चलाईएको

(बाडिएको पर्चामा उल्लेख )

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।