0 COMMENTS

साउन-५, काठमाडौं । संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम विथोल्न पुगेका राप्रपा नेपालका समानुपाती काेटाबाट मनाेनीत सभासद गणेश थापा झडपमा परि घाइते भएका छन् ।

मकवानपुरको क्षेत्र नम्बर ३ को सुझाव संकलन कार्यक्रम भइरहँदा दलबलका साथGanesh-Thapa1  बिरोध गर्न त्यहाँ पुगेका राप्रपा नेपालका कार्यकर्ताले हिन्दु राष्ट्र नभएको संविधानको मस्यौदा मान्दैनौं भन्दै नाराबाजी गरेपछि तनाव सुरु भएको थियो । झडपका क्रममा थापा र उनका छोरा अभिशेक, राप्रपा जिल्ला अध्यक्ष नवराज विष्ट लगायत घाइते भएका छन् । थापाको टाउकोमा चोट लागेको छ । प्रदर्शनकारीहरु मञ्चमा नै जान खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको थियो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।