0 COMMENTS

काठमाडौं । मुसलमानहरूको पवित्र एकमहिने पर्व रमादान ब्रत पूरा भएको खुसियालीमा आइतबार मुसलमान समुदायले देशभर इद उल फित्र मनाउँदै छन् ।

अति नै कठिन ब्रतका रुपमा लिइने रमादान ब्रत बिहानै देखि साँझसम्म निराहार रही विभिन्न इस्लामिक धर्मग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको केन्द्रीय हज समितिका अध्यक्ष ताज मोहम्मद मियाले जानकारी दिए ।
सो समयमा नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न तथा हेर्न नहुने जस्ता कडा नियम छन् । रोजा ब्रत आज सम्पन्न हुने भएकाले त्यसको खुसियालीमा मुसलमान समुदायले आइतबार इद उल् फित्र मनाउने उनले बताए ।
रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ ।
अध्यक्ष मियाका अनुसार सामान्यतः साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी आर्थिक क्षमता भएका मुसलमानले आफ्नो कमाइको साढे दुई प्रतिशत रकम गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्ने व्यवस्था रहिआएको छ ।
इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । सरकारले इद उल् फित्रका अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।