0 COMMENTS

रत्ननगर (चितवन), ३० असार । चितवन राष्ट्रिय निकुञ्जले स्वामी कमलनयनाचार्यका सहयोगीलाई पक्राउ गरेको छ ।नवलपरासीबाट पक्राउ गरी कमल नयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई चितवन निकुञ्ज ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी टीकाराम पौडेलले आज जानकारी दिनुभयो ।

8316_Kamal-acharyaमङ्गलबार साँझ पक्राउ गरी उनलाई चितवन ल्याइएको हो ।पौडेलका अनुसार अहिले उनलाई चितवन निकुञ्जमा राखेर अनुसन्धान सुरु गरिएको छ । निकुञ्जको पश्चिम सेक्टर त्रिवेणीधामस्थित गजग्राह क्षेत्रमा ऐन विपरीत भौतिक संरचना निर्माण गरेको र वन फँडानी गरेको आरोपमा उनलाई पक्राउ गरिएको पौडेलले जानकारी दिनुभयो ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रको भूभाग पर्ने उक्त संरक्षित क्षेत्रमा मठमन्दिर, गोठ तथा बाटोघाटो निर्माण र वन फँडानी गरेको आरोप निकुञ्जले लगाएको छ ।

पटकपटक सो क्षेत्रमा भौतिक निर्माण नगर्न पत्राचार र चेतावनी दिँदादिँदै पनि नमानेकाले पक्राउ गरी कानुनी कारबाही सुरु गरिएको निकुञ्जले जनाएको छ । उनलाई निकुञ्ज ऐन २०२९ अनुसार कारबाही गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।