0 COMMENTS

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७२–७३ को वार्षिक बजेट असार २९ गते सार्वजनिक गर्ने भएको छ ।

पूर्व निर्धारित असार २८ भन्दा एकदिन ढिला बजेट सार्वजनिक गर्ने तयारी भएको सभामुख सुवास नेम्वाङले जानकारी दिनुभयो । बजेट एक दिन ढिला हुँदा सभासदहरु जनमत संकलनका लागि जाने दिन पनि प्रभावित भएको छ ।

सभासदहरु संविधानमा जनमत संकलनका लागि जानुपर्ने भएकोले असार २८ गते बजेट ल्याउन आग्रह गरे पनि सरकारले त्यो दिन नसकिने जवाफ दिएको सभामुख नेम्वाङ बताउँनुभयो ।

बजेट पेश भएर पेश्की बजेट पारित गरेपछिमात्र सभासदहरु जिल्ला जान पाउने भएकाले साउन १ गतेमात्र उनीहरु निर्वाचन क्षेत्रहरुमा परिचालित हुनेछन् ।

नीति तथा कार्यक्रममाथि सभासदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री सुशील कोइरालाले आइतवार दिनेछन् । शनिवार राति नै जवाफ दिने भने पनि सरकारको तयारी नपुगेका कारण आइतवार अपरान्ह १ बजे तोकिएको नेम्वाङले बताउँनुभयो ।

    
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।