काठमाडौँ, २८ असार । विश्वकप ट्वेन्टी–२० छनोट प्रतियोगिताको आप्mनो तेस्रो खेलमा नेपालले आयोजक आयरल्यान्डको समाना गर्दै मैदानमा उत्रने भएको छ ।
आयरल्यान्डको बेलफास्टमा हुने सो प्रतियोगितामा नेपालले निकै बलियो मानिएको टोली आयरल्यान्डसँग नेपाली समयअनुसार भोलि सोमबार बेलुका सात बजे प्रतिस्पर्धा गर्नेछ ।
दोस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतियोगिताको छनोट चरण खेलिरहेको नेपालले आयरल्यान्डसँग भने पहिलोपटक औपचारिक खेल खेल्न लागेको हो ।
आधिकारिकरुपमा अहिलेसम्म नेपाल र आयरल्यान्ड आमनेसामने भएका छैनन् । तर गतवर्ष बङ्गलादेशमा भएको विश्वकप टि–ट्वेन्टीको अभ्यास खेलमा भने दुबैको भेट भएको थियो । त्यतिबेला नेपाल आयरल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो ।
नेपालले जारी प्रतियोगितामा एक खेलमा जित तथा एक खेल बराबरी खेलको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई छ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल नामिबियासँग बराबरी खेलेको थियो । वर्षाका कारण खेल रद्ध भएपछि नेपाल र नामिबियाले अङ्क बाडेका थिए । नेपालले जारी प्रतियोगितामा तीन अङ्क जोडेको छ ।
आज पाँच टोली एक आपसमा भिड्दै छन् । क्यानडा र ओमन आमनेसामने हुदँैछन् भने आयरल्यान्डले अमेरिकाको समाना गर्दैछ । त्यसैगरी पपुवा न्यूगिनी र जर्सी तथा नेदरल्यान्डस र संयुक्त अरब इमिरेट्स (युएइ) आमने सामने हुदैछन् ।
समूह ए मा रहेको नेपालले समूह चरणका खेलमा अब आयरल्यान्डसँगै हङकङ, पपुवान्युगिनी र जर्सीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा शीर्ष छ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् । रासस